भेरीमा रु २० मा बिरामी र कुरुवालाई खाना

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रति छाक रु २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको छ । बिहानको छाक मात्रै रु २० मा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन शुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले मासिक रु ५० हजार सहयोग गर्न थालेपछि श्री सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोइले गत कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर रु २० मा बिहानको खाना खुवाउन शुरु गरेको थियोे ।
पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे । अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक रु एक लाख उपलब्ध गराउन थालेको छ ।
उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत रु २० मा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना रु २० र बेलुकाको खाना रु ८० प्रतिछाक रहेको थियो ।
कोभिड–१९ का बिरामीको उपचार केन्द्र बनेको भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन् । अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्ष्य गरेर रु २० मा खाना खुवाउन थालिएको मित्र मण्डलका व्यवस्थापक जितेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पनि यही रसोइमा खाना खाने गरेका छन् । खाना खान आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । दैनिक ४०० जनालाई खाना खुवाउन सक्ने गरी व्यवस्थापन मिलाइएको छ ।
रु २० मा दाल, भात, तरकारी दिने गरिएको छ । बिरामीका लागि बोतलको पानी उपलब्ध गराउने गरिएको छ । सस्तोमा स्तरीय खानासँगै सरसफाइमा समेत विशेष ध्यान दिइएको व्यवस्थापक सिंह बताउँछन् । अस्पताल हाताभित्रै सस्तोमा खाना खान पाएपछि बिरामी र कुरुवालाई ठूलो राहत मिलेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरसफाइमा ध्यान दिनुका साथै तातोपानीले भाडा धुने गरिएको छ । प्रत्येक टेबलमा खाना खाएर मान्छे गएपछि टेबल अनि कुर्सीमा स्यानिटाइज गर्ने गरिएको व्यवस्थापक सिंहले जानकारी दिए ।
अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवालाई रु २० मा राम्रो खाना खुवाउनु सामाजिक कार्य भएको भन्दै यसमा स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले बताए ।रासस
–––

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया