राष्ट्रपतिको कदम संविधान मर्मविपरीत भन्दै कांग्रेस बैठक सकियो
सवै विकल्पमा छलफल गर्न कांग्रेस तयार, महाअभियोगबारे पनि छलफल गर्न सकिने

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकार गठन गर्न राष्ट्रपतिले गरेकी आह्वानलाई संविधानको मर्म र भावनाविपरीत भएको निष्कर्ष निकालेको छ ।
बैठकमा सहभागी भएका एक पदाधिकारीका अनुसार बैठकले राष्ट्रपतिको कदम गलत भएको निष्कर्ष निकालेको जानकारी दिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
सभापति देउवाले पूर्वपदाधिकारी, पदाधिकारीसहितको बैठक बोलाएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (३)को प्रधानमन्त्रीले विश्वासको मतबाट अस्वीकृत हुने वा राजीनामा दिएको दुवै अवस्था नहुँदै धारा ७६ को उपधारा (५)को सरकार गठनका लागि प्रधानमन्त्रीले सिफारिस गर्नु र राष्ट्रपतिले आह्वान गर्नु दुवै असंवैधानिक भएको कांग्रेसले विज्ञप्ति जारी गरेर जनाइसकेको छ ।
काग्रेसले सवै विकल्पमा छलफल गर्ने खुल्ला रहेको काग्रेस नेता वालकृष्ण खाँणले बताएका छन् । राष्टपतिले असम्वैधानिक कदम निरन्तर चालिरहेकोले महाअभियोग लगाउने विकल्पमा पनि काग्रेस बैठकमा छलफल भएको छ ।
यो विषयमा अन्य दलहरुसँग पनि छलफल गर्ने काग्रेसको भनाइ छ । काग्रेसले माओवादी, जसपा र जनमोर्चासँग पनि छलफल गर्ने गरी सर्वदलीय छलफल आयोजना गरेको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया