कांग्रेसले बोलायो विपक्ष गठबन्धनको बैठक

काठमाडौँ । राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारीमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्ष गठबन्धन सहितको बैठक बोलाएको छ । कांग्रेसले माओवादी, एमाले नेपाल समुह, जसपा र राष्ट्रिय जनमोर्चा सहितको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा साढे ११ बजे बैठक बस्ने भएको छ । कांग्रेस पदाधिकारी बैठक लगत्तै सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग् छलफल गर्न लागेका हुन् । बैठकमा सहभागी हुने माओवादीका अधयक्ष प्रचण्ड र एमाले नेता नेपाल बुढानिलकण्ठ पुगेका छन् भने जसपा र जनमोर्चाका नेता जाने तयारीमा रहेको जनाइएको छ । माओवादीबाट प्रचण्डसहित नाराणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा देउवा निवास पुगेका छन् ।
यसअघि कांग्रेसको बैठकले राष्ट्रपतिबाट साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि दिएको समयअघिनै सबै विकल्प लगाउने निर्णय गरेको थियो ।















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया