आइतबार, चैत ८, २०८२

देउवालाई प्रधानमन्त्री ओलीको फोन : दिए तीन विकल्प

मेरोन्यूज २०७८ जेठ ७ गते १३:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरवहादुर देउवालाई टेलिफोन गरेका छन् । संसदमा विश्वासको मत नलिने घोषणा गरी राष्टपति विद्यादेवी भण्डारीमार्फत संविधानको धारा ७६(५) अनुसार सरकार गठनको बाटो खोलिदिएका प्रधानमन्त्री ओलीले देउवालाई टेलिफोन गरी विकल्प सहित आउन चुनौति दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

ओलीले विहान देउवालाई फोन गरेको प्रधानमन्त्रीले नै सार्वजनिक गरेका हुन् ।

ओलीले देउवासामु तिन ओटा विकल्प राखेको पनि बताए । देउवासामु प्रधानमन्त्री ओलीले विपक्षीहरु मिलेर सरकार बनाउने गरी आउन पहिलो विकल्प दिएको , त्यसो हुन नसके आफ्नै नेतृत्वमा काग्रेस सहित दललाई राष्ट्रिय सहमतिको सरकार गठनमा आउन आग्रह गरेको र त्यसो पनि नभए उपयुक्त कुनै विकल्प ल्याउन समेत आग्रह गरेको जानकारी दिए ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले त्यस्तो बताएका हुन् ।

‘महिले देउवाजलिाई विहान टेलिफोन गरेर विकल्प सहित आउन भनेको हो,’ प्रधानमन्त्रीले भने,–‘तिन ओटा विकल्पको कुरा गरे, पहिलो वैकल्पिक सरकार बनाएर आउनुहोस, दोस्रो मेरो नेतृत्वमा राष्टिय सहमतिमा आउनुस् भने तेश्रो अन्य कुनै उपयुक्त विकल्प भए त्यो पनि प्रस्तुत गर्न भनेको हुँ । तर उहाँहरु जथाभावी वोल्दै हिड्न थाल्नुभएको छ ।’

प्रतिक्रिया