मेरै पार्टीका सांसदले मत नदिई धोका दिए : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आफ्नै पार्टीका नेताहरूले सरकार चलाउन नदिएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले नेतृत्व गरेको सरकार ढाल्नलाई आफ्नै पार्टीका सांसदहरूले धोका दिएको बताएका हुन् ।
‘धज्जी उडाएर अलोतान्त्रिक कार्यहरू संसदभित्र पसाइए, ममाथि विश्वासको मत आएन, आफ्नै पार्टीका केही सांसदहरूले पार्टीको ह्विप नमानेर मलाई विश्वासको मत हालेन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अवस्थामा मैले सरकार बनाउन सक्ने अवस्था रहेन, नयाँ सरकार बनाउनुहोस्, होेइन भने मलाई समर्थन गर्नुहोस्, मैले प्रतिनिधिसभा विघटन गर्ने काम हुँदैन ।’
प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर नयाँ सरकार बनाउन आग्रह गरेको बताए । उनले भने, ‘मैले देउवालाई फोन गरेर नयाँ सरकार बनाउन आग्रह गरेँ, कि राष्ट्रिय सरकार बनाउन मलाई सहयोग गनुहोस् भनेँ ।’
यस्तै, प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा पार्टीहरूको एक कुण्ठा मात्रै भएको बताएका छन् । उनले राष्ट्रपतिको आलोचना गर्नु भनेको गणतन्त्रको विरोध गरेको बताए ।
यो पनि पढ्नुहोस् : मैले सरकार चलाउन सक्ने अवस्था रहेन : प्रधानमन्त्री
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया