आइतबार, चैत १०, २०८१

प्रधानमन्त्रीसँग सम्पादकहरुको सवाल-जवाफ

के के भने प्रधानमन्त्रीले ढेड घण्टाको सवालजवाफमा ?

म दावी गर्ने पक्षमा छु, प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसिस गरिरहेको छु

मेरोन्यूज २०७८ जेठ ७ गते १५:०९
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पछिल्लो राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गर्दै

मैले राजीनामा गरेर जानु पर्ने कुरा संविधानमा कहाँ छ ?
मैले विश्वासको मत लिन आवश्यक ठानिन भने के गर्ने ? संविधानमा त छैन, संविधानमा छैन भने अर्को विकल्पमा जाने, विकल्प रोकिएको छैन । हलो हडकाउने गोरु पडकाउन किन परयो ? महिले विश्वासको मत पाइन, चाहिएन । अनि फेरि विश्वासको मत पाएन भन्ने कुराको रेकर्ड गराउने वाहेक अन्य कुराको तात्विक अन्तर के छ ? राजीनामा गरेर गएपनि धारा ७६(५) मा पुग्ने हो, मार्गप्रसस्त गरेपनि या उसै गरी गएपनि उही हो, राजीनामा गरेर जानुपर्ने कुनै सम्वैधानिक ब्यवस्था होइन । छैन । महिले विश्वासको मत लिन चाहिन । मैले हात उठाए के गर्ने ? संविधानमा छैन भने विकल्प रोक्नु हुदैन । विकल्प जारी छ ।

मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँ
मलाई थप सरकार चलाउनु छैन । यस्तो असहयोगका बेला पनि सरकार चलाउन सकिन्छ ? दिन दिनै बदनाम गरेको छ । चरित्र हत्या गरेको छ । विरोधका लागि विरोध गरेको छ । चलाउने भए मैले विश्वासको मत माग्नुपथ्र्यो, मलाई चलाउनु छैन, त्यसकरण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्नुहोस् भने ।

मैले त वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेको हुँ। यहाँ कहाँनिर षडयन्त्र भयो त ? मलाई हटाएर विकल्प दिनुस् भन्दा कसरी षडयन्त्र हुन्छ ? वैकल्पिक सरकार बनाउनुस्। म रचानात्मक सहयोग गर्छु। सहयोगी, संयमित र शान्त भूमिकामा प्रस्तुत हुनेछ हाम्रो दल। मलाई पनि समर्थन पनि नसक्ने अनि आफूहरू पनि सरकार बनाउन नसक्‍ने अनि षडयन्त्र भयो मात्रै भन्‍ने ?


राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल
मन्त्रिपरिषद्ले जे सिफारिस गर्छ त्यही राष्ट्रपतिकोमा जान्छ । त्यही राष्ट्रपतिले गर्नुपर्छ । अनि राष्ट्रपतिप्रतिको आक्रोश किन ? राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल हो । गणतान्त्रिक संस्था, गणतन्त्रको प्रतिक हुन्छ राष्ट्रपति । राजा गणतन्त्रमा हुँदैन । राष्ट्रपतिको हुर्मत लिने काम, अपमान गर्ने काम, राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम, आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थअनुसार भएन भने पनि राष्ट्रपतिका संवैधानिक सिमा र काम कर्तव्य त बुझ्न पर्छ होला नि ।’ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने भएकाले राष्ट्रपतिका काम, कर्तव्य र अधिकारबारे सामान्य जानकारी पनि नराखेर विवादमा मुछ्ने काम गर्न खोजेर हुन्छ ? मैले गरेको सिफारिसमा म जवाफदेही छु । पहिला पनि मैले गरेको हो । अहिले पनि मैले गरेको हो सिफारिस । यहाँ संविधानको व्याख्या गर्ने स्वतन्त्र न्यायपालिका होलान् नि ।

वैकल्पिक सरकार बनाउनुस् म स्वागत गर्छु

वैकल्पिक सरकार बनाउनुस् म स्वागत गर्छु । रचनात्मक प्रतिपक्षको भूमिकामा वस्न हामी तयार छौं । म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् । बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार । म त्यसलाई स्वागत गर्नेछु । त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ ।

माधव नेपाल माथी हिसाव किताव गर्ने

दलीय ब्यवस्थामा दलको कुरा होला नी ? लोकतानित्रक पद्दतीको धज्जी उडाएर अलोतान्त्रिक कार्यहरू संसदभित्र पसाइए, ममाथि विश्वासको मत आएन, आफ्नै पार्टीका केही सांसदहरूले पार्टीको ह्विप नमानेर मलाई विश्वासको मत हालेन् । यस्तो अवस्थामा मैले सरकार बनाउन सक्ने अवस्था रहेन । पार्टीकौ उम्मेदवार हराउन विपक्षीलाई मतदान गरेका छन् । यस्तो बेला पार्टीमा हिसावकिताव हुन्छ । गर्नेछु ।

नयाँ सरकार बनाउनुहोस्, होेइन भने मलाई समर्थन गर्नुहोस्, मैले प्रतिनिधिसभा विघटन गर्ने काम हुँदैन । सैद्धान्तिक रुपमा मसँग १२१ सांसद छन्, यसले बहुमतको सरकार बनाउन पुग्दैन्, त्यसमाथि मेरै दलका २७ जना सांसदहरूले पार्टीको टाउकोमा बञ्चरो प्रहार गर्न सक्छन्, यस्तो अवस्थामा पुनः संसद विघटन हुन सक्छ, त्यसैले मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सहयोग गर्नुस् ।

आफै प्रधानमन्त्री दावी गर्न सक्छु
अरुले समर्थन गरुन् । प्रतिनिधिसभा सदस्यको हिसाबमा मैले दाबी गर्न सक्छु । अहिलेसम्म मसँग १२१ जना सदस्य छन् । अर्थात् मतभार छ । मसँग अहिले त्यति भएको हुनाले मलाई अलि सजिलो होला कि भनेर प्रयास गरिरहेको छु । राष्ट्रपतिलाई भरपर्दो आधार लाग्यो भने नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु । र एकमहिनाभित्र विश्वासको मत लिनेछु । एकमहिनाभित्र विश्वासको मत नदिए विघटन ग¥यो भनेर आरोप लगाउन पाइनेछैन ।


म दावी गर्ने पक्षमा छु, प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।

संसद विघटन निद्रामा पनि गल्ती गरेको लाग्दैन
मलाई आफूले गरेका काम एक्लै बस्दा मात्रै होइन, निन्द्रामा पनि त्यो गलत लागेको छैन’ ।अदालतले ठीक छैन भन्यो । अदालतको फैसलापछि अदालतले त्यतिबेर ठीक छैन भने पनि अब संविधानको जिवीत ब्याख्या गर्ने हो भने अहिलेसम्मको गति हेर्दा डुंगा त गन्तब्यतिर गइरहेको जस्तो लाग्दैन। तर अदालतको फैसल्ला सवैले मानेर हिड्नुपर्छ ।

देउवा –प्रचण्डलाई फोन
महिले देउवाजीलाई विहान टेलिफोन गरेर विकल्प सहित आउन भनेको हो । पहिलो वैकल्पिक सरकार बनाएर आउनुहोस, दोस्रो मेरो नेतृत्वमा राष्टिय सहमतिमा आउनुस् भने तेश्रो अन्य कुनै उपयुक्त विकल्प भए त्यो पनि प्रस्तुत गर्न भनेको हुँ । तर उहाँहरु जथाभावी वोल्दै हिड्न थाल्नुभएको छ ।

प्रचण्डलाई पनि विहान फोन गरे । उहाँले फोन गर्नु नै हुन्न । महिले नै सधैभरी गर्ने गरेको छु । गर्ने परयो दलको नेता, देशको प्रधानमन्त्री महिले फोन गर्ने परयो । उहाँलाई पनि आउनुस् भेटेर छलफल गरौं भनेर पटक पटक भनेको छु । तर उहाँहरु भ्ेटन आउनु नै चाहनुहुन्न ।
उहाहरुले मलाई लखेटेको लखेटै गर्ने अनि महिले उहाहरुलाई किस्तीमा लगेर वुझाई दिनुपर्ने । उहाहरुसँग म कुरा गर्न चाहिरहने तर उहाहरु किन तयार हुनुहुन्न ? किन एकैचोटी उत्तर दक्षिण किन ? ब्याटसम्यानले वल फ्याक्यो अर्काेले समातेपछि कुदेर हुन्छ ? वल समातिसकेपछि कति कुदेर रन बनाउने ? यो काम छैन । त्यो रन घरमा राखेर राख्न काम लाग्छ सरकार बनाउन काम लाग्दैन ।

(प्रधानमन्त्री ओलीले ब्यक्त गरेको सम्वोधनका केही मुख्य अंश)

प्रतिक्रिया