सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक
देउवाको नेतृत्वमा बहुमत सरकारको दावीसहित शितल निवास जाने
१४९ सांसदको हस्ताक्षर लिएर विपक्षीहरु शितल निवास जाने तयारीमा, सिंहदरबारमा हस्ताक्षर जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझ ५ बजेसम्म संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका गर्न आह्वान गरेपछि विपक्षी गठबन्धन सिंहदरबारमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बिहान छलफल गरेका विपक्षी दलले अहिले सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा छलफल गरिरहेका हुन् ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीकै दलका वरिष्ठ नेता माधव नेपालसमेत सहभागी छन् ।
कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षका अतिरिक्त नेपाल पनि सहभागी बैठकपछि विपक्षीका तर्फबाट विकल्पसहित वैकल्पिक सरकारको दाबी गरेर शितल निवास जाने तयारी भएको छ । कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर शितल निवास जाने गरी उनीहरु छलफलमा जुटेका हुन् ।
बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार, जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित छन् ।
त्यहाँ देउवाको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षरसमेत लिइएको छ । १४९ सांसदको हस्ताक्षर लिएर विपक्षीहरू शितल निवास जान लागेका हुन् ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया