विपक्षी गठवन्धन पुगे राष्ट्रपति निवास , देउवालाई प्रधानमन्त्रीमा प्रस्तुत
उपेन्द्रका १३ र माधव नेपालका २७ सांसदको साथ देउवालाई

काठमाडौं । वैकल्पिक सरकार गनठका लागि विपक्षी गठवन्धनले काग्रेस सभापति शेरवहादुर देउवालाई अगाडी सारेका छन् । काग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको एमालेको माधव नेपाल सहितको बैठकले नयाँ प्रधानमन्त्रीका रुपमा कांग्रेसका सभापति शेरवहादुर देउवालाई अगाडी सारेका हुन् । यो प्रस्ताव सहित विपक्षी गठवन्धनका नेताहरु अहिले शित्तल निवास पुगिसकेका छन् ।
यो समुहले कुल २७१ सांसदमध्ये १४९ सांसदको हस्ताक्षर जुटाएको माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।
काग्रेसका ६१, माओवादी केन्द्रका एक स्वतन्त्र सहित ४८ र माधव नेपाल समुहका २७ र जनता समाजवादी पार्टीका उपेन्द्र र डा वावुराम भट्टराई पक्षका २७ सांसदको हस्ताक्षर रहेको छ ।
एमाले तर्फका सांसदहरुको हस्ताक्षरका लागि नेतृ रामकुमारी झाक्री लगायत खटिएका थिए ।
यस अगाडी मात्रै नेपाल आफै काग्रेस सभापति देउवाको निवासमा भएको प्रचण्ड उपेन्द्र सहितको बैठकमा सहभागी भएका थिए । त्यसपछि उनले सिंहदरवारमा आएर आफु निकटका सांसदहरुसँग छलफल गरेका थिए । छलफलले के गर्ने भन्ने निर्णय लिन नेपाल स्वंमलाई जिम्मेवारी दिएपछि नेपाल समुहले विपक्षी गठवन्धनका नेता देउवालाई प्रधानमन्त्रीमा सघाउने निर्णय लिएको हो ।
यो निर्णयपछि उपेन्द्रका १३ र एमालेकै माधव नेपाल पक्षका २७ सांसदको साथ देउवालाई मिलेको हो । यो संख्या सहितको दावी लिएर अहिले विपक्षी गठवन्धनका नेताहरु राष्ट्रपति निवास जान लागेका छन् ।
कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र(बाबुराम समूहका १३ जना छन्।
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया