देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षको साथ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साथ दिने भएको छ । आजै प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आह्वान गर्दै गर्दा विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका गर्न २१ घण्टेको समयावधि दिँदै आह्वान गरेपछि विपक्षी गठबन्धन छलफलमा जुटेका हो । नेपाली कांग्रेस सभापति देउवाको निवासमा बिहान भएको छलफलमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का नेताहरूसहित एमाले पक्षका नेपाल समूहसमेत सहभागी भएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र एमालेको माधव नेपाल समूहका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।
माधव समूहका २७ जना सांसदले हस्ताक्षर गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए । जसमा एमालेका नेपाल पक्षबाट रामकुमारी झाँक्रीले हस्ताक्षर संकलन गरेको स्रोतले जनाएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया