कोभिडमा ई–कमर्श बढ्दो

काठमाडौं । कोभिड १९ले सबैतिर समस्या पारिरहेका बेला ई– कमर्शमा बढावा भएको छ । सबै बैंक, वित्तिय संस्था, शेयर मार्केट, खरिद बिक्रि गर्ने क्षेत्र सबैमा ई– कमर्श चलायमान देखिएको छ । आज शुक्रबार २७ वर्ष पूरा गरेको महालक्ष्मी विकास बैंकले पनि १ सय रुपैयाँ बोनस सहतिको ई– कमर्श सेवा प्रदान गर्न योजना ल्याएकोे छ ।
कोरोनाका कारण गत वर्ष भएको निशेधाज्ञाले समस्यामा परेका सबै देशमा ई–कमर्सका लाई बाटो खोले । सबेले स्मार्टफोनमा एप्स चलाए । नेपाल लगायत विश्वका खुद्रा विक्रेता समेत राष्ट्रव्यापी निशेधाज्ञाका कारण पसल खोल्ने समय निर्धारण गरेको बेला या पसल सटर बाहिर सूचना टास गरी नम्बर दिने प्रचलनले पाइला चाल्यो । गत वर्ष पूरा हुन नपाएको ई– कमश यो वर्ष विश्वभर चम्केको छ । ई– कमर्शसँगै प्रविधिमैत्रीको बाईटको व्यवस्था गर्न विश्व लागेको छ । तर सबै प्रविधिमैत्रीले कार्य सुधारमा विकास गरेपनि मानसिक रुपमा समस्या नहोला भन्न नसकिने मनोचिकित्सकहरुले जनाएका छन् ।
समस्यामा परेका बेला सचेत रहने सबैको जिम्मेवारी भएपनि सबै एकै स्थान र एकै तरिकाले ह्ृदयलाई दबाबमा राख्दा नयाँ प्रविधिको प्रयोग तनाब हुन सक्ने बताएका छन् मनोचिकित्सकहरुले । तैपनि कोरोनाको दोश्रो महामारिले सबैलाई ई– कमर्शमा ल्याउन खोज्नु सहजकताको पहिचान भएको विश्वभर सबैले लिएका छन् । वास्तवमा यो प्रविधी आउनुमा कोरोनाको निशेधाज्ञाले कारोबारलाई डिजिटल प्रणालीमा लगेको हो । जसमा ई– कमर्शको प्रयोग भयो र घरबाटै सबैले सहजै आवश्यक चिजको प्रयोग गर्न थाले ।
ई–कमर्शको प्रयोगमा सबै देशका सरकारले महत्व शुरुमा दिएका थिएनन् । जब डिजिटलको प्रयोगबाट सरकारी, अन्तराष्ट्रिय बैठक राखेकाले मात्र नयाँ क्षेत्रमा सबै देशका सरकाले समर्थन जनाएका हुन् । जसले गर्दा ई–कमर्श माध्यमद्धारा कारोबार गर्नमा जोड दिएको छ, सबै देशका सरकारले । यो माध्यमबाट घरका कामका लागि चाहिने सामाग्रीको प्रयोगमा बढी ध्यान गयो । मनोरञ्जको लागि घरभित्र खेलिने केही वस्तुको प्रयोगमा बढोत्तरी भयो ई–कमर्शद्धारा । तर काम नहुने भएपछि पैसाको गारो भने सबैलाई परेको छ ।
बेरोजगार भएसी कसरी हुन्छ ई–कमर्श ?

कोरोना महामारीका कारण विश्वभर २ जनामा एक जनाले आफ्नो आम्दानीको माध्यम गुमाएको एक अध्ययनले देखाएको छ । अमेरिकास्थित तथ्यांक केन्द्रले गरेको अध्ययन अनुसार विश्वभर कोरोनाले पारेको प्रभावले कम आय भएका देशहरुका युवाहरुमा बढी प्रभावित भएको देखाएको हो ।
कोरोनाका कारण युवाहरुको कार्य समय घट्नुका साथै धेरैको रोजगारी समेत गुमेको अध्ययनमा उल्ल्लेख छ । केन्द्रले गरेको अध्ययनानुसार १ सय १७ देशका ३ लाख युवामा कोरोना महामारीका कारण आम्दानी घट्नुका साथै जागिरबाट हटेको बताएका छन् । विश्वभरको परिदृश्य हेर्दा भने यो संख्या सबैभन्दा बढी थाइल्याण्डमा ७६ प्रतिशत देखिएको छ भने सबैभन्दा कम १० प्रतिशत मात्रै स्विजरल्याण्डमा देखिन्छ । यस्तै बोलिभिया, म्यानमार, केन्या, युगाण्डा, इन्डोनेसिया, होन्डुरस र ईक्वेडरका ७० प्रतिशत बढी युवाहरुले कोरोना पछि आफ्नो रोजगार गुमाएको अध्ययनले देखाएको छ ।
यस्तै अमेरिकामा भने यो संख्या ३४ प्रतिशत छ । महामारी पनि सबैभन्दा ठुलो असर पुरुषभन्दा कम तलव लिएर बढी काममा खटिने महिलाहरुलाई परेको देखिन्छ । भारत, जिम्बावे, फिलिपिन्स, केन्या, बंगलादेशलगायत ५७ देशका ६५ प्रतिशत बढी युवाहरुले आफ्नो काम केही समयसम्मका लागि रोकिराखेको बताएका छन् । तर विकसित र उच्च आय भएका देशहरुमा भने केही समयका लागि मात्रै काम रोक्ने युवाहरुको संख्या ज्यादै न्यून देखिन्छ । अष्ट्रेलिया, स्विजरल्याण्ड र जर्मनीका १० मा १ जनाले मात्रै आफ्नो काम केही समयका लागि रोकिराखेको बताएका छन् ।
पछिल्लो समय देखिएको ई–कमर्शको कारोबार बढेपनि रकमको अभावमा समस्या देखिन थालेको छ । अफ्टारो बेला सबैले सजिलोपन रकम भएको बेला प्रयोग गर्न सक्छन् । तर समस्या समाधान नभएर न्यूनिकरणमा सबै लाग्न सबै देशका सरकारले रोजगारीलाई प्राथमिकता दिनुपर्छ । होइन भने ई–कमर्शको प्रयोग बैंकमा खाता खोलेको, बीमा कम्पनीको नामको मात्र मध्यस्थकर्ता देखिएको भन्नेमा दुईमत छैन ।
यो पनि पढ्नुहोस

















तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गता स्रोत कक्षा सञ्चालन
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता
बागलुङ कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
Tipper driver dies from electrocution in Siraha
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया