आइतबार, चैत ८, २०८२

खुराफातका विरुद्ध प्रतिवाद गरौँ : बाबुराम भट्टराई

मेरोन्यूज २०७८ जेठ ७ गते १६:५२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराईले खुराफात र शीरोमणिहरूले जालझेल गर्ने दुष्प्रायास गरे आम जनता र सचेत नागरिकले प्रतिवाद गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इगित गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्टपति विद्यादेवि भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६(५)बमोजिम नयाँ सरकार बनाउन आह्वान गरेपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउने प्रयात्नमा लागेका छन् । यसैबीच प्रधानमन्त्री ओलीले थप राजनैतिक संकट पैदा गर्न सक्ने आशंका गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

‘धारा ७६ (५) बमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु–जाल झेल गरी टार्ने ठाउँ छैन,’ आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष भट्टराईले भने, ‘खुराफात शीरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी–प्रतिवाद गर्नुपर्छ है ।’

प्रतिक्रिया