प्रधानमन्त्री नियुक्ति प्रक्रिया
सकियो समयसीमा, राष्ट्रपतिले दुवै दाबीमा अध्ययन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानाको धारा ७६(५) अनुसारको नयाँ सरकार गठनका लागि आह्रवान गरेको २१ घण्टे समयसीमा सकिएको छ । उनले हिजो साँझ आज ५ बजेसम्मका लागि प्रधानमन्त्री दाबी गर्न संसदका सदस्यहरुलाई आह्रवान गरेकी थिइन् ।
निर्धारित समयसीमा भित्र प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुतु गरेका छन् । तर दुवैले दाबी गरेकामा एमाले र जनता समाजवादी पार्टीका नेताहरु कतिपयको हस्ताक्षर दुवैतिर प्रयोग भएको छ । प्रधानमन्त्री ओलीले १५३ र देउवाले १४९ सांसदसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।
ओलीले हस्ताक्षरभन्दा पनि एमाले दलको नेताका रुपमा आफ्नो र जनता समाजवादीका तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षरसहित जसपाको समर्थन रहेको पत्र बुझाएका छन् । देउवाले भने कांग्रेस, नेकापा (माओवादी केन्द्र), जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चाका सांसदको हस्ताक्षरसहित बुझाएका छन् ।
दुवै पक्षले बहुमत दाबी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए । ‘अब राष्ट्रपतिले उहाँहरुले पेश गर्नुभएको आधार हेर्नुहुन्छ । अध्ययन गर्नुहुन्छ, त्यसपछि भन्न सकिएला,’ ढकालले भने ।
















इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया