संसद विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गरौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका हुन् । नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग २ भएको पनि बताएका छन् ।
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको र यो व्यवस्था नै कू गर्ने अग्रसरता रहेको उनको दाबी छ ।
मध्यरात राष्टपतिबाट प्रधानमन्त्रीमा दावी गरेका केपी ओली र शेरवहादुर देउवा दुवैका दावीलाई आधार नपुगेको जिकिर गरी प्रधानमन्त्री नियुक्तिको आधार नदेख्नु, मध्यरात नै प्रधानमन्त्री ओलीले मनित्रपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिस गर्नु र मनित्रपरिषदकै सिफारिसमा कात्तिक २६ र मंसिर ३ मा चुनावको मिति घोषणा गर्ने काम भएपछि नेता नेपालको यो टिप्पणी गरेका हुन् ।
,“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ”नेता नेपालले टिप्पणी गदै लेखेका छन् ।










गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया