संसद विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गरौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका हुन् । नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग २ भएको पनि बताएका छन् ।
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको र यो व्यवस्था नै कू गर्ने अग्रसरता रहेको उनको दाबी छ ।
मध्यरात राष्टपतिबाट प्रधानमन्त्रीमा दावी गरेका केपी ओली र शेरवहादुर देउवा दुवैका दावीलाई आधार नपुगेको जिकिर गरी प्रधानमन्त्री नियुक्तिको आधार नदेख्नु, मध्यरात नै प्रधानमन्त्री ओलीले मनित्रपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिस गर्नु र मनित्रपरिषदकै सिफारिसमा कात्तिक २६ र मंसिर ३ मा चुनावको मिति घोषणा गर्ने काम भएपछि नेता नेपालको यो टिप्पणी गरेका हुन् ।
,“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ”नेता नेपालले टिप्पणी गदै लेखेका छन् ।

















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया