अक्सिजन र शैया अभावले जनता छट्पटिरहेका समयमा कुन मानवीयताले मत माग्न जानु

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने टिप्पणी गरेका छन् ।
शनिवार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई जनताले नगर्ने टिप्पणी गरेका हुन् ।
सिंहले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा यस्तो छ–
नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ । अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।
जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ । यो निकृष्ट कर्म हो । प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ । देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्सना गर्दछु । बाचौं र बचाऔं ।
जय नेपाल ।
















प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न रकम प्रदान गर्ने कर्णाली मन्त्रिपरिषद्को निर्णय
Thailand votes in early election with 3 main parties vying for power
हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा
सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया