आइतबार, चैत ८, २०८२

विपक्षी गठबन्धनको बैठक सुरु

मेरोन्यूज २०७८ जेठ ८ गते ११:५७
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेसँगै आगामी रणनीतिको बारेमा छलफल गर्न विपक्षी गठबन्धनको बैठक बसेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईसहितका नेताहरू सहभागी भएका छन् ।

शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित वैकल्पिक प्रधानमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसको केही समयअघि प्रधानमन्त्री आफैले आफ्नो पक्षमा बहुमत नभएको सम्पादकहरूको भेलामा बताएका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्य राति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् । यसअघि गत पुष ५ गते संसद विघटन गरिएको थियो । यसलाई सर्वोच्च अदालतले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।

प्रतिक्रिया