चन्द्रागिरिमा १० श्ययाको आइसोलेसन सेन्टर सञ्चालन
मेरोन्यूज
२०७८ जेठ ८ गते १८:१८

काठमाडौँ । चन्द्रागिरि नगरपालिमा १० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा संक्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताए ।
चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० श्यया सञ्चालनमा ल्याइएता बिरामीको आवश्यकता अनुसार आगामी दिनमा श्यया थप गर्दै लैजाने जानकारी दिए । समुदाय स्तरबाट सञ्चालन भएको उक्त आइसोलेशन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्यवस्थापन समिति गठन समेत गरिइएको छ । समितिले नै दैनिक सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहन गरेकोे छ । रासस
सम्बन्धित
















इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया