अब, अध्यादेशबाट बजेट आउछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेशबाट आउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अबको बजेट अध्यादेशबाट आउने बताएका हुन् ।
गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएका ओलीले संसदबाट नै बजेट ल्याउने बताएका थिए । तर, गत शुक्रबार पुनः प्रतिनिधिसभाको विघटन भएपछि ओलीले अध्यादेशबाट बजेट ल्याउने बताएका हुन् । आगामी आर्थिक वर्ष ७८/७९ को बजेट जेठ १५ गते अध्यादेशमार्फत आउने भएको छ ।
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा अध्यादेशमार्फत आउने बजेट कोरोनाविरुद्ध केन्द्रीत हुने बताए । उनले भने, “विश्वभरि नै कुनै पनि महामारीको मौजुदले धान्न नसक्ने भएकाले यो कोरोनालाई पनि कुनै पनि देशमा सहजकता भएन । त्यसैले नेपालमा कोरोनाविरुद्ध लडाईंको लागि बजेट आउने छ ।”
उनले बजेटमा विकासका ठूला मुद्दालाई नअंगाल्ने बताए । प्रधानमन्त्री ओलीले आगामी बजेट कोरोनाविरुद्ध र निर्वाचन केन्द्रीत हुनेमा जोड दिए । यसअघि नै घोषणा गरिसकेको विकासका कामलाई निरन्तरता दिने प्रधानमन्त्रीले उल्लेख गरे । यसअघिको घटनाक्रम हेर्दा आर्थिक वर्ष ७०/७१ को बजेट अध्यादेशबाट आएको थियो ।
त्यस समय संविधान नबनेकाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघटन गरी तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो । चुनाव गराउन मन्त्रिपरिषद् नामाकरण गरिएकोमा पूर्व सचिव शंकर कोइराला अर्थमन्त्री थिए ।
गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएका ओलीले संसद्बाट नै बजेट ल्याउने बताएका थिए । तर, आज पत्रकार सम्मेलनमा ओलीले अध्यादेशबाट बेजेट ल्याउने बताएका छन् ।
यो पनि पढ्नुहोस्

















एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया