राप्रपा कार्यव्यवस्था समितिको बैठकबाट तीन प्रस्ताव पारित

काठमाडौँ । राप्रपा केन्द्रिय सचिवालय कार्यव्यवस्था समितिको बैठकले प्रस्ताव पारित गरेको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकले तिनवटा प्रस्ताव पारित गरेको छ ।
राप्रपाले राज्यको सम्पूर्ण शक्ति र श्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न, नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न तथा चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंग माग गरेको छ । यस्तै बैठकबाट राप्रपाले सत्तारुढ दलको आन्तरिक विवाद, प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्वार भैरहेको संविधानको अवहेलनाले दोस्रो पटक प्रतिनिधि सभा विघटन भएको निष्कर्ष निकालेको छ ।
अहिले देशमा देखिएको परिस्थिति बाह्र बुँदे सहमति, हिन्दुराष्ट्र र राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा नेताहरुको सत्तालिप्सा रहेको राप्रपाले जनाएको छ । राप्रपाले चुनावको पक्षमा रहेने बताएको छ । कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन नसक्ने राप्रपाको निष्कर्ष रहेको छ ।
















नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया