हरेक दिन बिहान ११ बजेदेखि काठमाडौं महानगरमा निःशुल्क पीसीआर सेवा

काठमाडौं । कोरोना संक्रमणको लक्षण देखिएका वा शंका लागेका व्यक्तिले (पीसीआर) परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नयाँ तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार अब हरेक दिन बिहान ११ देखि कम्तीमा दुईवटा केन्द्रबाट परीक्षण निःशुल्क हुनेछ । यसअघि, दैनिक एक केन्द्रबाट मात्र हुने गरेकोमा अब दुईदेखि तीन केन्द्रबाट परीक्षण हुने गरेको थियो ।
नयाँ तालिकाअनुसार सोमबार वडा–१६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र(जुडो हल),वडा–२० को शान्ति निकुञ्ज विद्यालय र वडा–३२ कार्यालय परिसरमा परीक्षण हुनेछ ।
मंगलबार वडा–८ को जयवागेश्वरी, वडा–१४ को कलंकी र वडा–२६ को लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साबिक ट्रलीबस परिसरमा र वडा–१५ को भुइँखेलमा, बिहीबार वसन्तपुर र महाबौद्धमा तथा शुक्रबार वडा–३ कार्यालय परिसर महाराजगन्ज र वडा–६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ ।
परीक्षण गर्न जानुअघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आईएमयू (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा बिरामीको विवरण भर्नुपर्छ । प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ ।
‘‘अनलाइनमा तथ्यांक भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आईएमयू प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो, उसको यो विवरण अनिवार्य हुन्छ ,” महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुसालले भने, ‘‘कुनै कारणले परीक्षण पूर्वविवरण भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्छ । ”
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया