कोरोनाबाट पूर्व सांसद बस्नेतको निधन
मेरोन्यूज
२०७८ जेठ १० गते ११:१४
काठमाडौँ । भोजपुरका पूर्व सांसद नरेन्द्र बस्नेतको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुन् ।
पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेका थिए । उनको श्रीमती र दुई छोरा रहेका छन् ।
सम्बन्धित
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया