सरकारले प्राथमिकता बुझेर गम्भीर हुनुपर्छ : राजेश हमाल

काठमाडौँ । अभिनेता राजेश हमालले नेपाल सरकारले आफ्नो प्राथमिकता बुझेर त्यसतर्फ गम्भीर हुनुपर्ने बताएका छन् । उनले कोरोना महामारीको विषम परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले विश्वले यस्तो किसिमको गम्भीरता देखाएको बेलामा यदि हामीले लापर्बाही देखाएकोमा नराम्रो लागेको उल्लेख गरे । उनले राजनीतिक किचलो, राजनैतिक मुद्दाहरु सुल्झाउनमा हाम्रो ध्यान छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण ग¥यौं भने विश्वले उठाइरहेको पहल कदममा ह्रास आउने अभिनेता हमालको दाबी छ ।
उनले भने, “हाम्रो प्राथमिकतामा हामी ध्यान दिऔं । नेपाल अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको छ । त्यसबाट नेपाल र नेपालीलाई कसरी पार गराउन सकिन्छ भन्नेमा सरकारले आफ्नो सम्पूर्ण ऊर्जा र बुद्धि विवेक खर्चिनु पर्ने हो ।”
उनले भिडियोमा थपेका छन्, “बेलायतको संसद्मा नेपालको गम्भीर परिस्थितिबारे छलफल भएको मैले हेरेको थिएँ । त्यहाँ एकजनाले कोभिडको समयमा नेपालको प्रधानमन्त्रीले राजीनामा दिएको भनेर प्रशंसा पनि गर्नु भएको थियो । तर नेपालको राजनैतिक वास्तविकता के हो भनेर हामी सबैलाई थाहा छ,” उनले भने,“अहिलेको यो विषम परिस्थितिमा हाम्रो नेपाली राजनीति गन्जागोल छ । त्यो भयंकर ठूलो विडम्बना हो ।”
यो परिस्थितिमा गम्भीर छौं भन्ने कुरा विश्वलाई सन्देश पु¥याउन सके विश्वको ध्यान अझ नेपालतिर तानिने हमालले बताएका छन् । धेरै नेपालीलाई खोप पु¥याएर यस विषम् परिस्थितिबाट उम्किन सकिने पनि उनको धारणा छ । उनले खाली मास्क लगाउनुस्, हात धुनुस्, सामाजिक दूरी कायम गर्नुस् भनेर मात्र समस्याको समाधान नहुने भन्दै अभियानका साथ सरकार लाग्नुपर्नेमा जोड दिए ।
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया