सरकारले प्राथमिकता बुझेर गम्भीर हुनुपर्छ : राजेश हमाल

काठमाडौँ । अभिनेता राजेश हमालले नेपाल सरकारले आफ्नो प्राथमिकता बुझेर त्यसतर्फ गम्भीर हुनुपर्ने बताएका छन् । उनले कोरोना महामारीको विषम परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले विश्वले यस्तो किसिमको गम्भीरता देखाएको बेलामा यदि हामीले लापर्बाही देखाएकोमा नराम्रो लागेको उल्लेख गरे । उनले राजनीतिक किचलो, राजनैतिक मुद्दाहरु सुल्झाउनमा हाम्रो ध्यान छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण ग¥यौं भने विश्वले उठाइरहेको पहल कदममा ह्रास आउने अभिनेता हमालको दाबी छ ।
उनले भने, “हाम्रो प्राथमिकतामा हामी ध्यान दिऔं । नेपाल अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको छ । त्यसबाट नेपाल र नेपालीलाई कसरी पार गराउन सकिन्छ भन्नेमा सरकारले आफ्नो सम्पूर्ण ऊर्जा र बुद्धि विवेक खर्चिनु पर्ने हो ।”
उनले भिडियोमा थपेका छन्, “बेलायतको संसद्मा नेपालको गम्भीर परिस्थितिबारे छलफल भएको मैले हेरेको थिएँ । त्यहाँ एकजनाले कोभिडको समयमा नेपालको प्रधानमन्त्रीले राजीनामा दिएको भनेर प्रशंसा पनि गर्नु भएको थियो । तर नेपालको राजनैतिक वास्तविकता के हो भनेर हामी सबैलाई थाहा छ,” उनले भने,“अहिलेको यो विषम परिस्थितिमा हाम्रो नेपाली राजनीति गन्जागोल छ । त्यो भयंकर ठूलो विडम्बना हो ।”
यो परिस्थितिमा गम्भीर छौं भन्ने कुरा विश्वलाई सन्देश पु¥याउन सके विश्वको ध्यान अझ नेपालतिर तानिने हमालले बताएका छन् । धेरै नेपालीलाई खोप पु¥याएर यस विषम् परिस्थितिबाट उम्किन सकिने पनि उनको धारणा छ । उनले खाली मास्क लगाउनुस्, हात धुनुस्, सामाजिक दूरी कायम गर्नुस् भनेर मात्र समस्याको समाधान नहुने भन्दै अभियानका साथ सरकार लाग्नुपर्नेमा जोड दिए ।













चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया