१२ अस्पताललाई ८ करोड १० लाख निकासा

काठमाडौँ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोथकाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज ८ करोड १० लाख निकासा दिएको हो ।
यसरी रकम प्राप्त गर्नेमा त्रिवि शिक्षण अस्पतालल ८० लाख, जिल्ला अस्पताल चौतारा ७५ लाख, जिल्ला अस्पताल दैलेख ७५ लाख, जिल्ला अस्पाताल धनकुटा ७५ लाख, जिल्ला अस्पताल जलेश्वर ७५ लाख, जिल्ला अस्पताल इलाम ७५ लाख रहेको छ । यस्तै जिल्ला अस्पताल संखुवासभा ८० लाख, रामेछाप अस्पताल ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिम ७५ लाख, टिकापुर अस्पताल कैलाली ७५ लाख, ओखलढुङ्गा अस्पताल २५ लाख र व्यास अस्पतालका २५ रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ंख्या मन्त्रालयले माग अनुसार अर्थ मन्त्रालयले कोभिड-१९ नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।









रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया