सोमबार, वैशाख १४, २०८३

नेपाल इन्जिनियर्स एशोसियसन सुदुरपश्चिमद्वारा डडेलधुरा अस्पताललाई ४२ वटा अक्सिजन हस्तान्तरण

मेरोन्यूज २०७८ जेठ ११ गते २१:२६

काठमाडौं । नेपाल इन्जिनयर्स एशोसियसन सुदुर पश्चिम प्रदेश कार्यकारिणि समितिले डडेल्धुरा जिल्ला अस्पतालमा ४२ वटा अक्सिजन सिलिन्डर नेपालगंजबाट फिलिङ गरी हस्तान्तरण गरेको छ ।

Advertisement
NiccNicc

कोरोना महामारीको विषम परिस्थितिमा डडेलधुरा अस्पतालमा बिरामीहरुका लागि अक्सिजन अभाव भइरहेकोले केही हदसम्म डडेल्धुरा र सुदुरपश्चिमका विभिन्न ठाउँबाट उपचार गर्न आउने बिरामीका लागि ४२थान अक्सिजन सिलिन्डर नेपालगन्जबाट फिलिङ गरेर अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको नेपाल ईन्जिनियर्स एशोसियसन सुदुरपश्चिम प्रदृश कार्यकारिणी समितिका सभापति इन्जिनियर लवप्रसाद जोशीले बताए ।

सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजन सहयोग गर्ने नेपाल इन्जिनियर्स एशोसियनको अभियान अन्तर्गत डडेलधुरामा अक्सिजन सिलिन्डर सहयोग गरिएको र अन्य अस्पतालहरुमा पनि चाडै सहयोग हस्तान्तरण गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया