अक्सिजन सिलिण्डर हराएपछि मन्त्रालयले भन्यो : जहाँबाट ल्याएको हो, त्यही फिर्ता गर्नुहोस्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन अस्पताल वा कम्पनीबाट अक्सिजन सिलिण्डर लिएको हुन्छ सोही संस्थालाई सिलिण्डर बुझाउन अनुरोध गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै पछिल्लो केही दिनयता अस्पतालहरूमा सहज भएको अक्सिजन आपुर्ति तथा व्यस्थापन गर्न सिलिण्डर अपुग हुँदा समस्या हुने भन्दै यस्तो अनुरोध गरेको हो । अक्सिजन सिलिण्डरहरू समयमा सम्बन्धित अस्पताल तथा उद्योगमा नपुग्दा भर्न नपाएर आगामी दिनमा पुनः पहिलाकै समस्या आउने खतरा बढेको भन्दै फिर्ता गर्न अनुरोध गरेको हो ।
एउटा अस्पताल वा उद्योगको अक्सिजन सिलिण्डरहरू अन्यन्त्र पुग्ने क्रम अत्यधिक बढिरहेको मन्त्रालयले जनाएको छ । व्यक्ति संघ संसस्थाहरूले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालहरूमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमै जुन कम्पनी वा अस्पतालको हो सोहीलाई फिर्ता गर्न अनुरोध गरेको मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जानकारी दिए ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया