अक्सिजन सिलिण्डर हराएपछि मन्त्रालयले भन्यो : जहाँबाट ल्याएको हो, त्यही फिर्ता गर्नुहोस्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन अस्पताल वा कम्पनीबाट अक्सिजन सिलिण्डर लिएको हुन्छ सोही संस्थालाई सिलिण्डर बुझाउन अनुरोध गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै पछिल्लो केही दिनयता अस्पतालहरूमा सहज भएको अक्सिजन आपुर्ति तथा व्यस्थापन गर्न सिलिण्डर अपुग हुँदा समस्या हुने भन्दै यस्तो अनुरोध गरेको हो । अक्सिजन सिलिण्डरहरू समयमा सम्बन्धित अस्पताल तथा उद्योगमा नपुग्दा भर्न नपाएर आगामी दिनमा पुनः पहिलाकै समस्या आउने खतरा बढेको भन्दै फिर्ता गर्न अनुरोध गरेको हो ।
एउटा अस्पताल वा उद्योगको अक्सिजन सिलिण्डरहरू अन्यन्त्र पुग्ने क्रम अत्यधिक बढिरहेको मन्त्रालयले जनाएको छ । व्यक्ति संघ संसस्थाहरूले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालहरूमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमै जुन कम्पनी वा अस्पतालको हो सोहीलाई फिर्ता गर्न अनुरोध गरेको मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जानकारी दिए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया