अस्पतालको लापरबाही
सरकारको लापरबाहीले निम्तिएको एउटा सभ्य हत्या

काठमाडौँ । यतिबेला समाजिक सञ्जालमा आदर्श मिश्राको भावुक भिडियो चर्चामा छ । उनको उक्त भिडियो चर्चामा आएसँगै मानिसको एउटा विश्वास टुटेको छ । उनले सार्वजनिक गरेको भिडियोमा आफ्नो बुवाको मृत्युसँगै अस्पतालको लापरबाही स्पष्ट बनाएका छन् ।
कमेडिन तथा मिमर भनेर परिचित आदर्श मिश्रा यतिबेला शोकमा छन् । मिर्गौला रोगबाट ग्रसित उनका बुवा विनोद मिश्राको मंगलबार मृत्य भएको हो । बाराको जितपुर नगरपालिका निवासी मिश्राले आफ्नो बुवाको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको बताएका छन् ।
मिम नेपाल नामक सामाजिक सञ्जाल पेजको संस्थापक, चर्चित मिमरका साथै कमेडी च्याम्पियन प्रतियोगिताबाट स्थापित बनेका आदर्शले आफ्नो बुवाको मृत्युको कारण अस्पतालको लापरबाही र सरकारको स्वास्थ्य नीतिको विषयलाई लिएर भएको बताएका छन् ।
सधैजसो हसाउने उनी यसपटक सबैलाई रुवाएका छन् । उनको भिडियोमा नेपाल सरकारको स्वास्थ्य नीतिमाथि खरो प्रहार गरेका छन् । विगत ४ वर्षदेखि मिर्गौलाको बिरामी भएका आफ्नो बुवाको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएपछि उनले भावुक भिडियो सार्वजनिक गरेका थिए ।
भिडियोमा उनले डायलासिसमार्फत उपचार गराइरहेका बुवालाई बचाउन नसक्नुमा अस्पतालको लापरवाही र सरकारी नीतिलाई दोष दिएका छन् । बुवाको मृत्युका कारण वीरगञ्जको नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी उप क्षेत्रीय अस्पतालको लापरवाही भएको उनको ठहर छ ।
केही समयअघि उनले अफ्नो सामाजिक सञ्जाल ट्विटमार्फत सरकारविरुद्ध मुद्दा दायर गर्ने समेत बताएका थिए । बुवाको मिर्गौला प्रत्यारोपणका लागि भारत निवासी आफ्नो सानिमाले मिर्गौला दिने भने पनि सरकारको नीतिले नपाउने भएपछि उनी आक्रोशित बन्दै आएका थिए ।
नेपालको कानुनानुसार नजिकका नातेदार विदेशी नागरिक भए पनि उसले अंग दान गर्न मिल्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २५५ (संशोधन २०७५) को दफा २ (ठ)मा अंगदान गर्न सक्ने नातेदारको सूची छ ।
उनले जे बोले…
बाबा हुनुहुन्न अब । अनि मेरो बाबाको अवस्था यस्तो हुनुको सम्पूर्ण जिम्मेवार वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताललाई मान्छु । किनभने दुई हप्ताअघि बाबालाई मिर्गौला डायलाइसिसका लागि लैजाँदा एसपीयो २ सय ९० छ, तपाईंको डायलाइसिस यहाँ हुँदैन भनेर हामीलाई अस्पतालबाटै निकालिदिएका थिए ।
चार वर्ष मेरो बाबाले नेसनल मेडिकल कलेज (एनएमसी) मा डायलाइसिस गराउनु भएको हो । अस्पतालले एक पटकको डायलाइसिसबापत् ३५ सय रुपैयाँ सरकारबाटै उठाएको हो । कमाउने बेला तिमीहरूले कमाउने ? बिरामीलाई गाह्रो भएको बेलाचाहिँ धपाइदिनेरु त्यहाँ मेसिन र डायलुजर केही पनि काम लाग्दा छैनन् ।
एनएमसीको डायलाइसिस मेसिनलगायत सबै कुराको कन्ट्रयाक्ट लिएको छ, नेफ्रो प्लसले, जुन भारतीय कम्पनी हो । अनि भारतको एउटा नागरिकले जो नेपालमा कार्यरत छ, त्यसले कसरी डायलसिस कसको हुन्छ, कसको हुँदैन भनेर निर्णय गर्न पाउँछ ? को बाँच्छ र को बाँच्दैन भनेर कसरी भन्न पाउँछ ?
भारतमा कार्यरत मान्छेले यहाँ आएर तलब खाने हो, नेपालका बिरामीलाई हप्काउने होइन । हाम्रो जीवन तिनीहरूको हातमा छैन । नेफ्रो प्लसबाट यिनीहरूले कमिसन खाएर एउटा डायलुजरले १२ वटासम्म डायलाइसिस गरेका छन्, मेरो बाबाको । ८–९ वटा त मिनिमम छ ।
मसँग छ सबै लिस्ट । गर्त वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा त्यहाँको डायलाइसिस बिरामीलाई एनएमसीमा सिफ्ट गरिएको थियो, डायलुजर मेसिन नफेरेर । नेफ्रो प्लसले पैसा बचाउन निकै धाँधली गरिरहेको थियो ।
एनएमसी हस्पिटललाई गत वर्ष केन्द्रबाट २० प्रतिशत बेड कोभिड संक्रमित बिरामीका लागि छुट्याइदिनू भनेर निर्देशन आएको थियो । तर, एनएमसीले ‘म केन्द्रको आदेश मान्दिनँ’ भन्यो । किनभने एनएमसीको फाउन्डर बसुरिद्धिन अन्सारी हो । अनि, बसुरिद्धिन अन्सारी लास्टै नै पावरफुल मान्छे हो ।
उसको गुन्डागर्दी अति नै धेरै चल्छ । उसलाई केरमेट गर्ने र चेक गर्ने कोही पनि छैन । ऊ यति पावरफुल मान्छे हो कि गत वर्ष केपी ओलीको मिर्गौला प्रत्यारोपणमा जति पनि खर्च भएको हो, उसले व्यक्तिगत रुपमा सबै आफैले व्यहोरेको हो । प्रेस विज्ञप्ति निकालेरै उसले यो कुरा सार्वजनिक गरेको हो ।
कलेजमा शुल्क महँगो भनेर विरोध गर्दा गुन्डा बोलाएर विद्यार्थी पिट्न लगाएको हो त्यो मान्छेले । त्यतिसम्मको घटिया अस्पताल हो, नेसनल मेडिकल कलेज वीरगन्ज । र, एनएमसीको गुन्डागर्दीले गर्दा आज मेरो बाबा मसँग हुनुहुन्न । यसको कुनै सुनुवाइ छैन । कसैले छानबिन गर्नेवाला पनि छैन । कसैले पनि काठमाडौंबाट यहाँ आएर ‘तँ मेडिकल कलेज चलाउनलाई योग्छ छस् कि छैनस्’ भनेर चेक गर्नेवाला छैन ।
पैसामात्रै भएर हुन्छ, यार । पैसामात्रै भएर हुने भए त त्यति साह्रो कमी थिएन नि मसँग । नारायणी अस्पतालले यतिखेर प्रतिशोधको भावना राखिरहेको छ । अस्पताल भनिरहेको छ– एनएमसीले आफ्नो बिरामीको डायलसिस आफै गर्दैन भने हामी किन गर्ने ?
म भन्छु, किनभने हजुर, तपाईंको मेसुले मिडियामा गएर प्रदेश नम्बर २ को जति पनि कोभिड संक्रमित बिरामी हुनुहुन्छ, सबैको डायलसिस म गर्छु भनेर स्वीकार्नु भएको हो ।
एउटा मेसिन बिग्रिदा त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर ‘भाइ दुवै मेसिन बिग्रियो’ भन्नुभयो । उहाँलाई कारबाही हुने कि नहुनेरु उहाँले भन्नुभयो, ‘भाइ, सूचना नै निकालिसक्यो ।’ जब कि सूचना आएकै थिएन ।
डाक्टरले युरिया २ सय ६० छ, ब्रेनमा युरिया पुगिसक्यो उहाँको बुबाको, प्लिज चार घण्टा डायलाइसिस गर्दिनु भन्दाखेरी डाक्टरको अगाडि चार घन्टा गर्छु भन्ने तर उहाँ गइसकेपछि तीन घण्टा बनाइदिने त्यसलाई । एक घण्टासमय घटाएर मेरो बुबाको जीवन आयु पनि घटाइदिएको हो, नारायणी अस्पतालले । दिदी हजुरलाई छिटो घर पुग्नु थियो होला । तर, कोही मान्छे घर पुगेनन् क्या, एक घण्टाको हतारले गर्दा। त्यसका लागि अस्पताललाई धेरै धेरै धन्यवाद ।
मान्छेहरू भन्नुहुन्छ, आदर्शको बुबा छोरालाई लिएर निकै ‘प्राउड’ फिल गर्नुहुन्थ्यो। तर, मलाई कहिल्यै त्यस्तो लागेन। किनभने मैले सकिनँ मेरा बाबालाई बचाउन। बचाउन सकिन्थ्यो होला तर गलत निर्णय लिए हुँला। भरतपुर अस्पताल नलगेर काठमाडौं लानुपर्थ्यो होला ।
भरतपुर अस्पतालमा रातभर ‘मेरो बाबालाई १ सय ५ ज्वरो छ सर, ‘बाबालाई होस छैन सर’ भनेर डाक्टरलाई गुहार मागिरहेँ। तर, उहाँले भनिरहनुभयो, ‘एसपिओ ठिक छ भाइ, भाइटल्स ठिक छ भाइ। मैले आइसियोमा राख्दिनु न सर भनेर गुहार माग्दामाग्दै बिहानको १० बजे बुबा बित्नुभयो।
एसपियोटु मात्रै ठिक भएर यदि कोभिडको उपचार हुने भए त अक्सिमिटर लिएर म नि डाक्टर हुन्थे नि सर, किन स्ट्यान्डअप कमेडी गरिरहन्थे र ।
मान्छेहरूले अहिले के भनिरहेका छन् भने आदर्शको बाबा जहाँ पनि हुनुहुन्छ, आफ्नो छोराको नामबाट चिनिएको देखेर खुशी हुनुहुन्छ। तर, त्यस्तो केही पनि होइन। तपाइहरूले मेरो बाबालाई नचिनेको मात्रै हो, मेरो बाबा मभन्दा ‘लास्टै फेमस’ हो।
म एकचोटी टिभीमा आइसकेँ। तर, अझै यो एरियामा मभन्दा बढी मेरो बाबालाई चिन्छन्। अहिले पनि विनोद मिश्राकै छोरा भनेर चल्छ चारैतिर नाम। कुनै पनि पसलमा विनोद सरको घरमा लग्नुछ यो औषधि भन्यो भने पैसा आजसम्म तिर्नुपरेको छैन। त्यतिसम्मको विश्वास र प्रेम कमाउनुभएको थियो, मेरो बाबाले।
कसैमा हिम्मत छैन कि एउटा टिचर उछाल्दियोस् मेरो बाबामाथि। पैसाको कुरामा, व्यवस्थापनको कुरामा, चाहे जे कुरामा होस्। उहाँ नगौल निम्न माध्यमिक विद्यालयको प्रिन्सिपल हुनुहुन्थ्यो। उहाँ प्रिन्सिपल हुनुभन्दा अगाडी त्यो स्कुल कस्तो थियो र अहिले कस्तो छ, यहाँ आएर जो कसैलाई सोधे हुन्छ। किड्नी फेल भएर पनि स्कुल बनाउनुभयो मेरो बाबाले।
केपी ओलीले त छोड्दिए हुन्छ क्या कुर्सी। मेरो बाबा हप्ताको दुइ दिन डायलसिस गराउन गएको हो क्या, स्कुटर पछाडी चढेर। तर, पनि मेरो बाबाले चलाएको स्कुल हेर अनि तिम्ले चलाएको देश। अनि पनि लाज लाग्दैन भने मलाई भन।
काम गर्न दिएनन् मलाई भन्छौं। काम गर्न मन कहाँ छ तिमीलाई? त्यो पर्दैन भन्दै बस्ने काम हो तिम्रो। भेडाहरू पछाडी जम्मा ग¥या छौं। त्यही हुल बोकेर इन्डिया गइदिन्छौ जतिखेरै। अनि ‘ब्याक अफ मोदी’ भन्नेवित्तिकै एक हुल नेपालीहरु पछाडी लागिहाल्छन्। त्यही सेन्टीमेन्टमा जित्यौँ तिम्ले चुनाव।
मधेशी नेताहरुभन्दा अथवा छु म भनेर मात्रै पुष्टी गर न। तर, तिमी अलिकति पनि राम्रो नेता होइनौं क्या !
बिहान १० बजे मलाई डाक्टरले बोलाउनुभयो र भन्नुभयो– हामीले जेजे गर्न सक्छौँ ग¥यौ तर बाबा अब हुनुहुन्न। त्यसपछि मैले तीनटा वाक्यमात्रै भनेँ त्यहाँ– ठिक छ, ठिक छ, ठिक छ। चुप लागेर बसेँ।
तीन घन्टासम्म अस्पतालमा मलाई मात्रै थाहा छ। बाबा बितेको ममी, दिदी कसैलाई थाहा छैन। अब झुट बोल्ने क्रम चालु भयो। बानी छ पहिल्यैदेखि झुट बोल्ने। मैले साह्रै धेरै ढाट्या छु जीवनमा। अनि यसपाली ढाट्नचाँही निकै जरुरी थियो।
मेरो ममीले यसअघि नै भित्तामा टाउको, हात ठोक्ने काम गरिसक्नुभएको छ। अहिले पनि डिप्रेसनको औषधि खानुहुन्छ। त्यसैले मैले अस्पतालमा ‘अँ, ठिक हुँदैछ, हर्ट बिट देखाइरा’छ बाबाको’ भन्दै ढाटिरहेँ। तर अन्त्यमा सन्देश र राकेश भन्ने दुई जना साथी आएर सम्हालेँ मलाई।
बाबाको शव जितपुर लिएर जानुपर्ने भयो। ममीले बाबा बित्नुभयो भन्ने थाहा पाउनुहुन्छ भनेर मैले ‘यहाँ भेन्टिलेटर छैन, नारायण अस्पतालमा व्यवस्था भएको छ, त्यहाँ लिएर जाउँ’ भनेँ।
तर, बाबाको शव प्याक भइसकेको थियो। एम्बुलेन्समा हालिसकिएको थियो। त्यसपछि आफ्नो श्रीमान गुमाएकी ममीलाई मैले नारायण अस्पताल भनेर सिधैँ संसान घाट लिएर गएँ।
मलाई जीवनमा खासै पछुतो छैन। तर, तीनटा कुराहरुको साह्रै पछुतो छ। पहिलो कुराचाँही मेरो बाबाले बित्नुभन्दा दुई दिनअगाडी मलाई नचिन्नुभएको हो। आदर्श, छोरा, बेटा नभनेर ‘को हो यो’ भन्नुभएको थियो। जति पापा, बाबा भनेर बोलाएपनि बोल्नुहुन्थेन। अन्तिम सम्झना नै मेरो त्यो हो।
अनि अर्को कुरा मान्छेहरूले मलाई नेपालको ठूलो स्ट्यान्डअप कमेडियन मान्दोरहेछन्। राम्रै कमेडी गर्छ भन्छन्। तर, एउटा पनि लाइभ शो बाबालाई देखाउन सकिनँ। लास्टै नै ठूलो सपना थियो। प्रज्ञा प्रतिष्ठानमा शो गरेर बाबालाई ‘फ्रन्ट रो’मा राखेर एक घन्टा उहाँको अगाडी पर्फम गर्ने सपना थियो। यसर्थमा जीवनको सबैभन्दा ठूलो ‘फेलियर’ भइयो।
यही हुन्, खासै धेरै कुराहरू छैनन् मसँग भन्नलाई। एनएमसी र नारायणी अस्पतालले मिलेर खाइदिए एउटा मान्छेको जीवन। कतिजनाको खान्छन् मलाई थाहा छैन। तर, लड्न प्रयास जारी राखौं। जति जीवन बचाउन सकिन्छ, बचाऔँ।
मबाट जति हुन्छ, म गर्न तयार छु। मलाई १०–१२ दिनको समय चाहिन्छ होला। कृयाक्रमहरु सकिएर तपाईहरुको हेल्प पोस्टहरु, अक्सिजन रिक्वायरमेन्ट सबै ‘फुलफिल’ हुन्छ। थ्याङ्क यु, शो मच। राम्ररी बस्नुस, परिवारसँग बस्नुस्।
यस्तो लाग्छ, हिजो पानी पर्यो थियो किनभने ठूलै मान्छे मर्नुभएको थियो। हिजो आकाशमा ज्यान आएजस्तो देखिन्थ्यो। र, त्यो ज्यान मेरो बाबाको थियो। त्यहीभएर आकाश त्यस्तो जीवन्त देखिएको थियो।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















Death toll rises to 52 in S. Philippines ferry sinking incident
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
Abuse of authority is a serious challenge on state’s legitimacy, social justice: President Paudel
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया