युवा समाजद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

भक्तपुर । बालकोट युवा समाजले महानगरीय प्रहरी प्रभाग बालकोटलाई स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरेको छ । समाजका अध्यक्ष तथा नेपाली कांग्रेस सूर्य विनायक नगरपालिका नगर कार्य समितिका उपसभापति रवि राणाले एक कार्यक्रमका बीच कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रभागमा कार्यरत प्रहरीहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तारन्तण गरेका हुन ।
राणाले प्रहरी प्रभागको लागि ३५ थान पिपिई सेट, ३५ थान स्यानिटाइजर, ५ सय थान मास्क र सय जोर पञ्जा महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी नरहरी रेग्मीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै राणाले कोरोना भाइरसको लडाईविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा डिएसपी रेग्मीले प्रहरी प्रभागलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । संकटको बेलामा गरेको सहयोगले ठूलो राहत मिलेको उनको भनाई थियो ।
समाजले यसअघि दैनिक ज्याला मजदुरी गर्ने र कोठा भाडामा बस्ने करिब ११ सय परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ । गत वर्षको लकडाउनको समयमा पनि समाजका तर्फबाट गरिब तथा असाह्यहरूका लागि खाद्यान्न वितरण तथा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
















मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया