इराकी भुमीमा २० वर्षपछि खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौं । कोरोना महामारीका बीच सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय टिम बुधबार विहान इराक पुगेको छन्।
अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले इराकी भूमीमा २० वर्षपछि खेल्न लागेको हो।
सन् २००२ विश्वकपका लागि छनोट प्रतियोगिता २००१ को मार्चमा भएको थियो। सुरुमा काठमाडौंमा छनोट प्रतियोगिता हुने भनिएको थियो। तर नेपालले प्रतियोगिताको आयोजनाबाट हात झिक्यो। त्यसपछि एसियाली फुटबल महासंघले खेल इराकको बागदादमा आयोजना गर्ने निर्णय गर्यो। तर समूहमा रहेको काजकिस्तानले विरोध जनायो।
जसका कारण एएफसीले ६ खेल इराक र ६ खेल काजकिस्तानमा आयोजना गर्ने निर्णय गरेको थियो। २० वर्षअघि आफ्नै कारणले नेपाली टिमले घरेलु मैदानमा इराकसँग खेल्ने अवसर गुमाएको थियो। यद्यपी सो भ्रमण नेपाली फुटबलका लागि सम्झनलायक बन्यो। किनभने २० वर्षअघि को सो भ्रमणका क्रममा नेपाली टिमले विश्वकप छनोटमा पहिलो जित मात्र निकालेन पहिलो ह्याट्रिक गर्ने इतिहास पनि बनायो। इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम मंगलबार राति १० बजे इराक प्रस्थान गरेको थियो।
प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् ।नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् भने सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया