‘सामाजिक सञ्जालमा आउने हल्लाको पछाडि पटक्कै नलागौँ’
मेरोन्यूज
२०७८ जेठ १३ गते ८:३३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क लगाउँदा पनि मानिसलाई आवश्यक पर्याप्त अक्सिजन प्राप्त हुने जनाएको छ ।
मन्त्रालयले सार्वजनिक सन्देश जारी गर्दै अनावश्यक हल्लाको पछाडि लाग्न नहुनेमा जोड दिएको हो । कोरोना महामारी सुरु हुनुभन्दा निकै पहिलेदेखि नै धेरै पेसामा मास्कको नियमित प्रयोग अनिवार्य गरिँदै आएको जनाएको छ ।
“सबै वैज्ञानिक प्रमाणले कोभिड–१९ को संक्रमणलाई कम गर्नका लागि प्रभावकारी उपायको रुपमा अनुहारमा मास्कको प्रयोगलाई सिद्ध गरेको छ । मास्क लगाउनाले भाइरस नियन्त्रण तथा व्यक्तिगत सुरक्षा दुवै हुन्छ,” सन्देशमा भनिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा मास्क लगाउँदा फोक्सो कमजोर हुदै जाने कोरोना सजिलै फैल्ने भन्दै हल्ला फैलिरहेका छन्। तर मन्त्रालयले त्यस्ता भ्रम र हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया