संविधानविद्सँग परामर्श गर्दै सभामुख
मेरोन्यूज
२०७८ जेठ १३ गते १०:२३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विशेषज्ञहरुसँग परामर्श लिने भएका छन् ।
आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग सुझाव लिन छलफल गर्न लागेका सभामुखको सचिवालयले जनाएको छ । यसअघि सभामुख सापकोटाले मंगलबार पनि संसद विघटनपछि देशमा देखिएको परिस्थितिबारे सुझाव लिन उनले पूर्व सभामुखहरुसँग छलफल गरेका थिए ।
गत शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले यो कदमको विरोध गरेका थिए । संसद विघटनको विरोध गर्दै सोमबार १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिसकेका छन् ।
सम्बन्धित


















इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया