शुक्रबार, वैशाख ४, २०८३

पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

मेरोन्यूज २०८३ वैशाख ३ गते १९:१८

काठमाडाैं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामा राख्नु ‘गैरकानुनी’ भएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो।

‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन। निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया