राष्ट्र बैंकको नीतिले सेयर बजारमा हलचल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर बजारको स्वस्थ विकासलाई बढावा दिने उद्देश्यले नीतिगत कडाई गरेपछि बैक वित्त संस्थाले अल्पकालिन सेयरमा लगानी गर्न नपाउने, लघुवित्तको सेयर किन्न रोक लगाएको छ । राष्ट्र बैंकको कदमपछि घटेको बजारमा उच्च कारोबार, प्रतिमिनेट ७ करोड रुपैयाँका दरले किनबेच भएको छ ।
राष्ट्र बैंकले भर्खरै जारी गरेको नयाँ निर्देशिकाले सेयर बजारमा हलचल ल्याएका लगानीकर्ताको भनाई छ । सूचना आएपछिको आज बिहिबार पहिलो कारोबार भएको र आजैदेखि शेयर कारोबारमा रातो भएको स्टक एक्सचेञ्जले जनाएको छ । अस्ति मंगलबार बेलुका निर्देशन जारी भएपनि हिजो बुधबार विदा परेका कारण आज बिहीबार मात्रै सेयर बजार खुलेको हो । बजारमा कारोबार रकममा भने अस्वभाविक वृद्धि भएको थियो खरिदबिक्रि शुरु हुँदा ।
प्रि–ओपन सेसनमा नै ३२ अंकले घटेको बजार सामान्य सेसनमा आएपछि थप ओरालो लाग्दै ५ मिनेटभित्रै ५० अंक भन्दा धेरै घटेको थियो । त्यसपछि केही सम्हालिदै फराकिलो अन्तर कम भए पनि बजार हरियो भने हुन सकेन । लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बिहीबारको बजार सुरुदेखि नै राताम्मे भएको हो । लघुवित्त समूहका करिब सबै जसो कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन १ दशमलब २ अंकले घटेर २ हजार ८ सय १५ दशमलब ३९ बिन्दुमा पुगको छ ।
यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४ प्रतिशतले कमी हो । कूल २ सय १ सय १५ कम्पनीको १ लाख ४७ हजार ४ सय ९३ कारोबारबाट १४ अर्ब ७६ करोड ८ लाख ८ हजार ४ सय ९२ रुपैयाँ बराबरका ४ करोड १८ लाख १३ हजार ९ सय ८४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया