राष्ट्र बैंकको नीतिले सेयर बजारमा हलचल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर बजारको स्वस्थ विकासलाई बढावा दिने उद्देश्यले नीतिगत कडाई गरेपछि बैक वित्त संस्थाले अल्पकालिन सेयरमा लगानी गर्न नपाउने, लघुवित्तको सेयर किन्न रोक लगाएको छ । राष्ट्र बैंकको कदमपछि घटेको बजारमा उच्च कारोबार, प्रतिमिनेट ७ करोड रुपैयाँका दरले किनबेच भएको छ ।
राष्ट्र बैंकले भर्खरै जारी गरेको नयाँ निर्देशिकाले सेयर बजारमा हलचल ल्याएका लगानीकर्ताको भनाई छ । सूचना आएपछिको आज बिहिबार पहिलो कारोबार भएको र आजैदेखि शेयर कारोबारमा रातो भएको स्टक एक्सचेञ्जले जनाएको छ । अस्ति मंगलबार बेलुका निर्देशन जारी भएपनि हिजो बुधबार विदा परेका कारण आज बिहीबार मात्रै सेयर बजार खुलेको हो । बजारमा कारोबार रकममा भने अस्वभाविक वृद्धि भएको थियो खरिदबिक्रि शुरु हुँदा ।
प्रि–ओपन सेसनमा नै ३२ अंकले घटेको बजार सामान्य सेसनमा आएपछि थप ओरालो लाग्दै ५ मिनेटभित्रै ५० अंक भन्दा धेरै घटेको थियो । त्यसपछि केही सम्हालिदै फराकिलो अन्तर कम भए पनि बजार हरियो भने हुन सकेन । लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बिहीबारको बजार सुरुदेखि नै राताम्मे भएको हो । लघुवित्त समूहका करिब सबै जसो कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन १ दशमलब २ अंकले घटेर २ हजार ८ सय १५ दशमलब ३९ बिन्दुमा पुगको छ ।
यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४ प्रतिशतले कमी हो । कूल २ सय १ सय १५ कम्पनीको १ लाख ४७ हजार ४ सय ९३ कारोबारबाट १४ अर्ब ७६ करोड ८ लाख ८ हजार ४ सय ९२ रुपैयाँ बराबरका ४ करोड १८ लाख १३ हजार ९ सय ८४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया