कसैले भन्न सक्दैन समय र पुस्ताको बर्बादी

देशले किन निरन्तर ७० वर्षदेखि ध्वंश ब्यहोरिरहेको छ ! समय र पुस्ताको बर्बादी, राजनीति बिचलन र संसारसामु तमाशा ब्यहोरिरहेको छ !
किन मेरो पुस्ताले पटकपटक हारिरहेछ ? किन मेरो देशले पटकपटक हारिरहेछ ? के अब बिगतका सबै आन्दोलन र उपलब्धीहरु नै ढल्न लागेका हुन् ? के यिनै मुट्ठीभर नेताहरुको दास भएर हामीले आफू र आफ्ना सन्तानको पुस्ता नै समाप्त पार्नुपर्ने हो फेरी–फेरी पनि ? के कोमामा पुगेको हो कलिलो गणतन्त्र ? एकपछि अर्को गर्दै राज्यका अंगहरु कस्ले पार्दैछ क्षतिग्रस्त ?
के हुँदैछ देशमा ?
सम्पूर्णरुपले एक जना नेतालाई प्रधानमन्त्रीको कुर्सीमा थचार्नबाहेक अर्को केका लागि यो सब भइरहेको छ ? यस्ता खेलहरुले देशलाई के परिवर्तन दिन्छ ? पुस्ताको आवाजलाई कहाँनिर अड्याउन सक्छ व्यवस्थाले ? प्रजातन्त्रको नाममा भइरहेको यो कस्तो घिनलाग्दो खेल हो ? देशमा बिरक्ती र निराशा उत्पादन गर्ने कारखाना भइरहेको छ राजनीति ! क्रमश कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै क्षतिग्रस्त तस्वीरमा एकपछि अर्को आइरहेका छन् ।
ठुलाठुला कम्युनिस्टका नारा लगाउने र कम्युनिस्टका ठेली समातेर चोकचोकमा बाढनेहरू सच्चा कम्युनिस्ट हुन त ? सायद नेपालका कम्युनिस्टहरु देखेभने काल माक्र्सलाई पनि हिन्ताबोध हुन्छ होला ।
आज मुलुक महामारीको संकटमा छ । जनताहरु महामारीसँग लडिरहेका छन् । तर जसले बागडोर समातेर पदमा बहाल भएका छन् । तिनीहरू कुर्सीका लागि लडिरहेका छन् । सांसदहरुको बोलपत्र आवहान भएको छ । सत्तापक्ष र विपक्षी दलले सांसदको मुल्यको बाजि लगाउदै छन् ।
कहिलेकाही यो देशका नेतालाई देखेर दयालाग्छ किनकि यति धेरै दौडधूप गरिरहेका छ कहिले अदालत,कहिले भारतको राजदूतावास । मानव त हुन विचराहरुलाई कति थकाइ लाग्छ होला ? यति धेरै चिन्ता छ मानसिक सन्तुलन कस्तो होला ?
यस्तो वृद्ध अवस्थामा पनि कुर्सी र पदका लागि दौडिने यस्ता स्वाठ वृद्धहरुलाई आरामको जरुरी भएर पनि नभए जस्तो गरेर दौडी रहेका छन् । ओली, शेर बा., प्रचण्ड, नेपाल, झलनाथहरुको जिन्दगी कति दुखद र थकित छ ।
खेल मैदानमा पानी परेका बेला इनिहरुको खेल चलेको छ । निर्वाचन आयोगले भन्छ चुनाव गराउनका लागि ७० अर्ब रुपैया चाहिन्छ । विशेषज्ञहरुले भनी रहेका छन कि ३ करोड जनताको लागि ३० अर्ब रुपैयाले कोभिट–ज्ञढ को खोप आउछ । यो बेला चुनाव ठूलो कि कोभिट–ज्ञढ को खोप ठूलो ? किन जनताको स्वास्थ्यलाई बेवास्ता गरिदैछ ।
अचानोमा न्यायालयलाई राखी सकेका छन् । सर्वोच्चले संसद् पुनस्थापनको पक्षमा फैसला दिएपनि, बिपक्षमा दिएपनि देशमा आन्दोलन र फैसला नमान्ने पक्ष तयार हुनेछन् ।
यो देशमा न शक्तिपृथकिकरणको सबल अभ्यास, न प्रजातन्त्रको आधारभूत संरक्षण, न त ७१ वर्षदेखिको लडाईबाट प्राप्त राजनीतिक उपलब्धीलाई नै सँस्थागत गर्न प्रयास !
यतिसम्म कि अब त सामाजिक सहिष्णुतालाई पनि भत्काउन थालिएको छ, राजनीतिक सहिष्णुता त कहाँ हो कहाँ ? हैन कता जाँदैछ मुलुक ?
के यी नौटंकी र नाटककारहरुको कब्जाबाट हामीले कहिल्यै मुक्ति पाउन नसक्ने हो ? अब एक ठूलो ध्वंश वा दुर्घटनाको नजिक पुग्नुछ र नष्ट गर्नुछ फेवातालका फोहोरी जलकुम्भी झारहरु हामीले जरा देखि ।

लेखक जेठारा काठमाडौँ मोडेल कलेज कक्षा १२ मा अध्ययनरत छन् ।

















भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया