आजदेखि जेठ २० गतेसम्म निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे जरिवाना

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौंमा लगाइएको निषेधाज्ञामा आजदेखि थप कडाइ हुने भएको छ । आजदेखि जेष्ठ २० गतेसम्म निषेधाज्ञाको उल्लंघन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश २०७८ बमोजिम नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।
आजदेखि अत्यावश्यक सेवाबाहेक अन्य कामका लागि आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ । मास्क नलगाउनेलाई १ सय र अर्को पटक पनि नलगाएको पाइए पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना तिर्नुपन जिल्ला प्रसासनले जनाएको छ ।
विवाह र ब्रतबन्धको कार्यमा सात जनामा सीमित राखिएको छ भने त्यस्ता कार्यका लागि एउटा सवारीसाधनलाई मात्रै पास उपलब्ध गराइने भएको छ । तर यसअघि जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न निकायबाट जारी गरिएका पूराना पासहरूलाई रद्द गरिएको छ ।
त्यसैगरी, अत्यावश्यक हरियो तरकारी फलफूल र मासुजन्य पदार्थ, दूधलगायतका अत्यावश्यक खाद्य पदार्थ बिहान ९ बजेसम्म खरिद गर्न पाइने छ तर खाद्यान्न र किराना पसल, डिपार्टमेन्टल स्टोर, सार्वजनिक निर्माण र निजी निर्माणका काम गर्न रोक लगाइएको छ । निर्माण सामग्रीको ढुवानी पनि गर्न पाइने छैन ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि कडाइ गर्दै वर्गीकरण गरेर संख्या तोकिएको छ । वित्तीयलगायत संस्थामा काम गर्ने कर्मचारीहरूका लागि बिहान ९ देखि साढे ९ र साँझ ५ देखि ६ बजेभित्र कार्यालय आउनेजाने समय तोकिएको छ ।
अनुमति नलिइ सवारी चलाएमा २ पाङ्ग्रे सवारीसाधनलाई २ हजार रुपैयाँ र चार पाङ्ग्रे सवारीसाधनलाई ५ हजार जरिवाना गर्नुको साथै संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाखसम्म जरिवाना गर्ने र छ महिनासम्म सेवा बन्द गर्न सकिने पनि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सयुक्त बैठकले थप कडाइ गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा २१ वैशाखमा थप गरेर १३ जेठसम्म पुर्याइएको थियो । उक्त बैठकले दुई दिनमा एक सातालाई पुग्ने खाद्यान्न किन्नका लागि समय तोकेको थियो । तर आजबाट भने कडा निषेधाज्ञा गरिने प्रजिअले बताएका थिए ।

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया