५४ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा करिब ५४ लाख रुपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका ६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।
वीरगञ्ज महानगरपालिका ८ बिपिसी क्याम्पस नजिक छेउमा डेरा गरी बस्ने गुप्तासमेत २ जनाले अवैध वित्तिय कारोबार गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी खटिएको थियो ।
प्रहरीले वीरगञ्ज महानगरपालिका ११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँसमेत फेला पारी उनलाई पनि पक्राउ गरेको हो ।
उनीहरुको साथ ५३ लाख ८० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध उपर बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।









एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रतिक्रिया