एमालेका तीन नेता गणतन्त्रको विरुद्धमा थिए : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले झापा आन्दोलनका तीन नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा समाजिक सन्जलमार्फत शुभकामना सन्देश जारी गदै नेता गौतमले एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका मुख्य ३ नेता विरुद्धमा रहेको बताएका हुन् ।
यद्यपी उनले ति नेताका बारेमा नाम भने उल्लेख गरेका छैनन । पार्टीको उक्त बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति मआफु भएको भन्दै मुलुकलाई यो अवस्थामा ल्याउने संर्घषका युगान्तकारी महान् नेतामा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भएको पनि टिप्पणी गरेका छन् ।
‘यो अवस्थामा ल्इाईपुरायउन युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’ गौतमले भनेका छन् ।
२०६२ साउनमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा तत्कालीन महासचिव माधवकुमार नेपालले गणतन्त्रमा जाने प्रस्ताव पार्टीमा निर्णायार्थ पेश गर्दा अहिलेका प्रधानमन्त्री केपी ओलीले गणतन्त्र ल्याउन सकिन्छ भन्नु र बयलगाढा चढेर अमेरिका जान्छु भन्नु उस्तै–उस्तै हो भनी टिप्पणी गरेका थिए ।
नेता गौतमले ओलीको नाम नलिएपनि चर्चित झापा संर्घषका तीन नेता विरुद्धमा थिए भन्द्यै ओलीप्रति कटाक्ष गरेका हुन् ।
‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं। ’ गौतमले भनेका छन् ।


















कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया