१६ खर्ब ४७ अर्बभन्दा बढीको बजेट विनियोजन

काठमाडौ । सरकारले नयाँ आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ ।
जसमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरेको छ । यसतै, प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी गराए ।
सरकारले आगामी आर्थिक वर्षमा १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको छ । वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको सरकारले विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने जनाएको छ । यस्तै यो पनि अपुग भएमा २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए ।
संविधान जारी भएपछि सरकारले पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रतिनिधि सभाको विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । मध्यावधि निर्वाचनको घोषणा गरेको सरकारले वृद्धभत्ता वृद्धि र कर्मचारीको तलव वृद्धि गरेर बजेटलाई लोकप्रिय बनाएको छ ।
महामारीलाई न्यूनिकरण गर्न सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन अपेक्षा गरिए पनि सरकारले भने सबैभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।
















डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया