डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएका छन् ।
जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउदै उनले सङ्कमित महिलाको अप्रिल– २७ मा मृत्यु भइ सकेको उल्लेख गरेका छन् ।
एक दम्पती र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परे पछि सङ्मणको आशङ्कामा उनीहरु सहित करिब १५० जना यात्रुहरु जहाजमै रहेको जनाइएको छ । हालै पुष्टि भएको हान्टाभाइरस सङ्क्रमीत यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ ।
जहाजमा रहेका दुई जना चालक दलका सदस्यहरूमा तीव्र श्वासप्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवाश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । हाल सङ्क्रणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परिक्षण गरिरहेको बताइएको छ ।
हान्ता भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने विश्व स्वास्थ्य सङठनले जनाएको छ । सङ्क्रमण सामान्यतया संक्रमितहरूको पिसाब, तथा थुकको सम्पर्कबाट एक मानव–देखि अर्को मानवमा सर्ने जनाइएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया