प्रतिनिधिसभा विघटनको मुद्दा
न्यायधिस श्रेष्ठलाई संवैधानिक इजालसमा राखिएकोमा आज पनि उठ्यो प्रश्न
न्यायधीश बमकुमार श्रेष्ठ संवैधानिक इजालसमा रहने/नरहनेमा बहस, ५ जना कानुन व्यवसायीले १ घण्टाभित्र बहस सक्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायधीश बमकुमार श्रेष्ठलाई राखिएकोमा विपक्षीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले आज पनि प्रश्न उठाएका छन् । शुक्रबार नै उनको सहभागितामा प्रश्न उठाएका वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले आज पनि संवैधानिक इजालसको शुरुमै प्रश्न उठाएका हुन् ।
नेकपाको एकता बदर गर्ने निर्णय गरेर राजनीतिक निर्णय गरेको र उनको निर्णयमा असन्तुष्ट पक्ष नै अहिले मुद्दामा रहेको भन्दै बन्दीले उनले अदालतको संवैधानिक इजालस छोड्दा अदालतको मान बढ्ने बताएका थिए ।
शुक्रबारदेखि नै निरन्तर यही मुद्दामा केन्द्रीत भएका बन्दीले प्रश्न उठाएपछि शुक्रबार नै यो विषय विवादमा परेर मुद्दा ‘हेर्दाहेर्दै’मा थियो । आज पनि शुरुमै बन्दील फेरि त्यही विषयलाई इजालसमा प्रवेश गराएका थिए । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लिखितमा आफ्ना धारणा दिन आग्रह गरेका थिए ।
तर विपक्षीका तर्फबाट बहसमा सहभागी हुन पुगेका कानुन व्यवसायी नमानेपछि बहसका लागि समय दिइएको छ । बन्दीले पहिला पनि कुरा उठाएको र आज पनि सोही कुरा रहेको बताएका थिए । त्यसपछि प्रधानन्यायाधीश श्रेष्ठले कति जनाले उक्त विषयमा बहस गर्ने भनेर सोधेका थिए । जवाफमा बन्दीले ५ जना कानुन व्यवसायीले १ घण्टाभित्र बहस सक्ने बताएका थिए । त्यसपछि अहिले न्यायधीश बमकुमार श्रेष्ठ संवैधानिक इजालसमा रहने, नरहनेमा बहस शुरु भएको छ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया