महिलामाथिको हिंसामा क्षम्य हुँदैन : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ जेठ १६ गते १५:१२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने हिंसा क्षम्य नहुने बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार बालुवाटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि क्षम्य हुन सक्दैन ।’
सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कानुन निर्माण गरेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘महिलालाई पुरुषहरूले सकारात्मक सहयोग गर्नुपर्छ । समान अवसर, साथ सहयोग र हौसला दिनुपर्छ । महिला हकअधिकारको आन्दोलन उनीहरूको मात्र हो भनेर पुरूषले सोच्नु हुँदैन ।’
सम्बन्धित


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया