बिपी सङ्ग्रहालयले अक्सिजनसहित कोरोना उपचार केन्द्र स्थापना गर्ने

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा फैलिन थालेपछि बिपी सङ्ग्रहालय सुन्दरीजलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्क र ओखरेनीमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ का यी दुई गाउँमा अक्सिजनसहितको स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न लागिएको सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । काठमाडौं उपत्यकाका दुर्गम बस्ती मध्येमा पर्ने यी गाउँमा कोरोनाका बिरामी बढ्न थालेपछि प्रारम्भिकरूपमा स्वास्थ्य जाँचसहित अक्सिजन सेवा दिन उपचार केन्द्र स्थापना गर्न लागिएको हो । केन्द्रमा सुन्दरीजल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिनेछन् ।
केन्द्रमा आवश्यकतानुसार विशेषज्ञ स्वास्थ्य सेवासमेत उपलब्ध गराइने सङ्ग्रहालयले जनाएको छ । बिरामीलाई थप उपचार आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासहित सुविधासम्पन्न अस्पतालमा लगिने छ ।
होम आइसोलेशनमा बसेका बिरामीलाई समेत अस्पताल जान एम्बुलेन्स आवश्यक परे निःशुल्क सेवा दिइने छ । कोरोना र अन्य रोगका लागि अक्सिजन सेवा आवश्यक पर्ने बिरामीले अक्सिजन नपाए निःशुल्क उपलब्ध गराइने जनाइएको छ । रासस
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया