संक्रमितलाई ध्यान दिँदै आइसोलेसन कक्ष सञ्चालित (फोटो फिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भई घरमा आइसोलेसनमा बस्न असहज हुनेहरूका लागि काठमाडौँ महानगरपालिकाले टोलटोलमा आइसोलेसन केन्द्र निर्माण गरेको छ । यसै क्रममा महानगरले वडा ९ तिलगंगास्थित शारदा माविमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
सेन्टरका संयोजक सन्तोष नेपाललले संक्रमित भएर असहज अवस्थामा होम आइसोलेसनमै बसिरहेकालाई लक्षित गर्दै सेन्टर सञ्चालन गरिएको जानकारी दिए । स्थानीय युवा समूहहरूले मिलेर पहिला १५ शय्याबाट सुरु भएको सेन्टर अहिले ४० शय्याको बनेको छ ।

यसका लागि मिरमिरे युवा समाज, विजय चोक युवा क्लब, सिनामंगल युथ एलायन्स, श्री पञ्च कुमारी समाज, कृति फाउण्डेसन र नव न्यानो फाउण्डेसन, मातृका आइ सेन्टरको संयुक्तमा प्रयास सेन्टर निर्माण भएको हो ।

सेन्टर व्यवस्थापन समितिका सदस्य एवं मिरमिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाहका भन्छन्, ‘दोस्रो लहरमा प्रवेश गरेपछि हामी स्थानीय युवा सक्रिय रह्यौँ, पहिलो लहर फैलिएको बेलामा पनि हामी विभिन्न संस्थाबाट सक्रिय रहेका थियौँ, यसपटक छरिएर भन्दा एकजुट भएर आइसोलेसन सेन्टर संचालन गर्यौँ।’




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया