संक्रमितलाई ध्यान दिँदै आइसोलेसन कक्ष सञ्चालित (फोटो फिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भई घरमा आइसोलेसनमा बस्न असहज हुनेहरूका लागि काठमाडौँ महानगरपालिकाले टोलटोलमा आइसोलेसन केन्द्र निर्माण गरेको छ । यसै क्रममा महानगरले वडा ९ तिलगंगास्थित शारदा माविमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
सेन्टरका संयोजक सन्तोष नेपाललले संक्रमित भएर असहज अवस्थामा होम आइसोलेसनमै बसिरहेकालाई लक्षित गर्दै सेन्टर सञ्चालन गरिएको जानकारी दिए । स्थानीय युवा समूहहरूले मिलेर पहिला १५ शय्याबाट सुरु भएको सेन्टर अहिले ४० शय्याको बनेको छ ।

यसका लागि मिरमिरे युवा समाज, विजय चोक युवा क्लब, सिनामंगल युथ एलायन्स, श्री पञ्च कुमारी समाज, कृति फाउण्डेसन र नव न्यानो फाउण्डेसन, मातृका आइ सेन्टरको संयुक्तमा प्रयास सेन्टर निर्माण भएको हो ।

सेन्टर व्यवस्थापन समितिका सदस्य एवं मिरमिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाहका भन्छन्, ‘दोस्रो लहरमा प्रवेश गरेपछि हामी स्थानीय युवा सक्रिय रह्यौँ, पहिलो लहर फैलिएको बेलामा पनि हामी विभिन्न संस्थाबाट सक्रिय रहेका थियौँ, यसपटक छरिएर भन्दा एकजुट भएर आइसोलेसन सेन्टर संचालन गर्यौँ।’




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया