लुम्बिनी प्रदेशको उप निर्वाचनमा २९७ मत खस्यो, ३ जनाले गरेनन् मतदान
मेरोन्यूज
२०७८ जेठ १७ गते १५:२२

काठमाडौँ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन् । ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन् । उनले सार्वजनिक रूपमा निर्वाचन बहिष्कार गरेका थिए । यस्तै, नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन् भने गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा बिरामी भएर काठमाडौंमा उपचार गरिरहेका छन् ।
सोमबार सम्पन्न भएको उप निर्वाचनमा प्रदेश सभाका ८३ जनाले मत खसालेका छन् । मतदानको समय सकिएसँगै मुचुल्का उठाएर मतगणना सुरू हुनेछ । मतपरिणाम आजै आउनेछ ।
लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी गठबन्धन गरी दुई जना उम्मेदवार छन् ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया