इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आइआरजिसीले स्ट्रेट अफ होर्मुज फेरि बन्द गरेको घोषणा गरेको छ । आफुहरुले स्ट्रेट अफ होर्मुज खोलेपनि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेका कारण स्ट्रेट अफ होर्मुज बन्द गर्नुपरेको इरानको भनाइ छ ।
आइआरजिसीको संयुक्त सैन्य कमाण्डले अमेरिकाले “नाकाबन्दीको नाममा समुद्री डकैती र चोरीजस्ता गतिविधिहरू जारी राखेको” आरोप लगाएको छ।
वक्तव्यमा भनिएको छ, “यस कारणले स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रण अघिल्लो अवस्थामा फर्किएको छ, र यो रणनीतिक जलमार्ग अहिले इरानी सशस्त्र बलहरूको कडा व्यवस्थापन र नियन्त्रणमा छ।”
यसमा थप भनिएको छ, “जबसम्म अमेरिकाले इरानबाट गन्तव्यतर्फ जाने र फर्किने जहाजहरूको पूर्ण आवागमन स्वतन्त्रता पुनःस्थापित गर्दैन, तबसम्म स्ट्रेट अफ होर्मुजको अवस्था कडाइका साथ नियन्त्रणमा रहनेछ र अघिल्लो अवस्थामै कायम रहनेछ।”
यो सँगै अमेरिका र इरानबीच हुने भनिएको वार्ता अनिश्चयता तर्फ धकेलिएको छ । दई देशबीचको सैन्य टकराव बढ्ने सम्भावना देखिएको छ ।
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया