प्रदेश १ सरकार छलफल नगरी बजेट ल्याउने तयारीमा

काठमाडौँ । केन्द्रिय सरकारले प्रतिनिधि सभाको विघटन भएकाले छलफलबिना बजेट ल्याएपछि प्रदेश १ सरकारले पनि यसको सिको गरेको आरोप लागेको छ । प्रदेश सभाको बजेट अधिवेशन आह्वानमा गरेको ढिलाइले बजेट ल्याउने प्रक्रिया मिचिँदै गएको हो । जसले गर्दा प्रदेश १ सरकारले छलफलबिना बजेट ल्याउन लागेको आरोप लाग्दै आएको छ ।
प्रदेश सभा नियमावलीको नियम १ सय १८ को (२) मा विनियोजन विधेयक प्रस्तुत गर्नु पूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्ने व्यवस्था छ । सो नियमको उपनियम (४) मा उपनियम (२) बमोजिमको छलफल विनियोजन विधेयक प्रस्तुत हुनुभन्दा कम्तिमा १५ दिन पूर्व नै समाप्त भइसक्नु पर्ने उल्लेख छ ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको छ । तर, त्योभन्दा अगाडि बजेटमाथि छलफल नहुने संकेत देखिएको हो । बजेट माथि पूर्व छलफल नहुँदा प्रदेश सभा सदस्यहरुले बजेट निर्माणमा सल्लाह सुझाव दिनबाट बञ्चित भएको गुनासो गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले कानूनी प्रक्रिया मिचेर प्रदेश सरकारले ल्याएको बजेट संसदले कसरी स्वीकार गर्न सक्छ भन्दै प्रतिप्रश्न गरेका छन् । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभा जिवितै रहेको अवस्थामा प्रदेश सरकारले संसद छलेर बजेट ल्याउन खोजे आफूहरुलाई स्विकार्य नहुने बताए ।
जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेश सांसदहरु प्रदेशका जनताका प्रतिनिधि भएको अवस्थामा जनतालाई छलेर बजेट ल्याउन नमिल्ने उल्लेख गरे । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले कोरोना महामारीका कारण पूर्व बजेट छलफल गर्न नसकेको बताएका छन् ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया