अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माण गण्डकी सरकारकाे प्राथमिकतामा

कास्की । गण्डकी प्रदेश सरकारले खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त आज प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकूदतर्फ खेलकूदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरका खेलकूद पूर्वाधार निर्माणमा जोड दिइने बताए ।
यसैगरी खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकूद परिषद् र जिल्ला खेलकूद विकास समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकूद परिषद् र ११ वटै जिल्लामा जिल्ला खेलकूद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ ।
गण्डकी प्रदेशमा यसअघि तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गत वर्ष कोरोनाका कारण आयोजना हुन नसकेकामा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकूदका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्र्षभित्रमा फुटबल रङ्गशाला सम्पन्न गर्ने योजना सङ्घ सरकारको बजेट कार्यक्रममा परेको थियो ।
प्रदेश सरकारले युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुरुङले जानकारी दिए ।
सरकारले देश तथा विदेशमा कोभिड–१९ लगायतका कारणले रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगारी बढाउन उद्यमशीलता प्रवद्र्धन, बिउपुँजी, सहुलियतपूर्ण ऋण लगायतका कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया