विश्व स्वास्थ्य संगठनले दियो कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम

काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले अहिले फैलिएको कोरोनाको नयाँ भेरियन्टको छुटाछुटै नाम राखेको छ ।
डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो । वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा उक्त देशलाई कलंक लगाएजस्तो हुने भएकाले नयाँ नाम राख्ने निर्णय भएको डब्लुएचओले जनाएको छ ।
अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, ब्राजिलको गामा, दक्षिण अफ्रिकाको बेटा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा राखेको छ ।
अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामाकरण हुँदै जाने डब्लुएचओले उल्लेख गरेको छ ।
डब्लुएचओका अधिकारीहरूले लामो समयको छलफलपछि ग्रिक अल्फाबेट अनुसार नयाँ भेरियन्टको नाम राख्ने निर्णय गरेका हुन्। नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा देखिसकेको छ ।
यसअघि भारतले आफ्ना नागरिकलाई सामाजिक सञ्जालबाट भारतीय भेरियन्ट लेखेका पोष्ट हटाउन लगाएको थियो ।
स्वास्थ्य विज्ञहरुले पनि कुनै ठाउँका आधारमा राखिने नामले सधैं भाइरसको उत्पतिबारे बताउँछन् भन्नेचाहिँ नहुने बताउँदै आएका छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया