हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम

खाना पकाउनु मस्तिष्कको लागि फाइदाजनक हुने देखाएकाे छ। हप्तामा एक पटक मात्र खाना पकाउँदा पनि डिमेन्सिया (बिर्सने रोग) को जोखिम कम हुने एक अध्ययनले देखाएको हाे । यो अध्ययन हालै BMJ जर्नल अफ एपिडेमियोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित भएको छ।
अध्ययनमा टोकियो इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताहरूले ६५ वर्ष र सोभन्दा माथिका ११,००० मानिसहरूलाई छ वर्षसम्म पछ्याएका थिए। उनीहरूले घरमा कति पटक आफैं खाना पकाउँछन् भनेर हेरे। नतिजाले देखाएअनुसार धेरै पटक खाना पकाउनेहरूमा डिमेन्सियाको जोखिम कम थियो।
अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार खाना पकाउन धेरै जटिल कामहरू हुन्छन्, जसमा किराना सामान किनमेलदेखि रेसिपीहरू बनाउने र सही सामग्री र अनुपात छनौट गर्ने सम्म समावेश छ।
विशेष भ्रमण कार्यक्रमहरू पनि प्रभावकारी
जर्मनीको राजधानी बर्लिनमा रहेको बर्लिन चिडियाखानाले डिमेन्सियाबाट पीडित व्यक्तिहरूका लागि विशेष भ्रमण कार्यक्रमहरू प्रदान गर्दैछ। विज्ञहरूका अनुसार चिडियाखानाको आवाज, दृश्य र गन्धले बाल्यकालका सम्झनाहरू ताजा गर्छ, जसले बिरामीहरूलाई मानसिक राहत प्रदान गर्दछ। यी भ्रमणहरूले वृद्धहरूको स्मरणशक्तिलाई बलियो बनाउन पनि मद्दत गर्दछ।
-दैनिक भास्करबाट















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया