सरकारले गर्यो तीन देशमा उडान सुरु

काठमाडौं । सरकारले आज बाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए ।
सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराए । साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उनले बताए ।
मन्त्री ढकालका अनुसार ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड–१९ संक्रमणविरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने बताए । उनले एक मात्रै खोप लगाएको व्यक्ति होटेलमा तीन दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घन्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ बताए । संकटमा परेका व्यक्तिहरू शोषणमा नपरुन् भन्ने उद्देश्यका साथ यो निर्णय गर्नुपरेको मन्त्री ढकालले बताए ।
















तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया