केही सवारी साधान चल्ने गरी उपत्याका निषेधाज्ञा खुकुलो हुँदै

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही प्रावधान खुकुलो बनाई थप एक साता निषेधाज्ञा गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार एक सातादेखि बन्द खाद्य तथा किराना पसलका लागि केही प्रावधान खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी भएको हो ।
थप हुने निषेधाज्ञामा खाद्य किराना पसल र ग्रोसरी तथा डिपार्टमेन्टल स्टोरहरूसहित निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ । सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातिदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई जुनसुकै अवस्थामा चल्न दिने पराजुलीले जानकारी दिए ।
यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासनको संयुक्त बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएको छ । गत १४ गतेदेखि लगाइएको एक साताको निषेधाज्ञा कडाई भएको थियो । उक्त समयावधि २० गते राति सकिँदैछ ।
कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो । यसबाहेक बाहिरी जिल्लाहरूमा समेत जिल्ला प्रशासनका अवस्था हेरी निषेधाज्ञा लगाउन पाउने गरी सरकारले अधिकार दिएको थियो ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया