केही सवारी साधान चल्ने गरी उपत्याका निषेधाज्ञा खुकुलो हुँदै

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही प्रावधान खुकुलो बनाई थप एक साता निषेधाज्ञा गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार एक सातादेखि बन्द खाद्य तथा किराना पसलका लागि केही प्रावधान खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी भएको हो ।
थप हुने निषेधाज्ञामा खाद्य किराना पसल र ग्रोसरी तथा डिपार्टमेन्टल स्टोरहरूसहित निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ । सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातिदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई जुनसुकै अवस्थामा चल्न दिने पराजुलीले जानकारी दिए ।
यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासनको संयुक्त बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएको छ । गत १४ गतेदेखि लगाइएको एक साताको निषेधाज्ञा कडाई भएको थियो । उक्त समयावधि २० गते राति सकिँदैछ ।
कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो । यसबाहेक बाहिरी जिल्लाहरूमा समेत जिल्ला प्रशासनका अवस्था हेरी निषेधाज्ञा लगाउन पाउने गरी सरकारले अधिकार दिएको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया