नेपालमा देखिएको कोरोनाको नाम ‘डेल्टा’ र ‘कप्पा’

काठमाडौँ । गत वर्षदेखि विश्वभर फैलिएको कोरोना (कोभिड–१९)को विभिन्न भेरियन्ट देखा परेको छ । जसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) विभिन्न नाम दिँदै आएको छ । यस क्रममा नेपालमा देखिएको कोरोना भाइरसको नाम ‘डेल्टा’ रहेको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले भेरियन्ट अफ कन्सर्नभित्र परेका भेरियन्टलाई ग्रिक अल्फाबेटको आधारमा नाम दिँदै आएको छ । डब्लुएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (बि १.६१७.२)लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमा नै देखिएको कोरोना अर्को भेरियन्टलाई (बी–१.६१७.१)लाई ‘कप्पा’ नाम दिइएको छ ।
नेपालमा पनि पछिल्लो समयमा पुष्टि भएका बि–१.६१७.२ र बि १.६१७.१ भेरियन्टलाई भारतीय भेरियन्ट भन्न थालिएपछि भारतले आपति जनाएको थियो । तर, भारतमा देखिएको यस भेरियन्ट नै नेपालमा देखिएको छ ।
यो भेरियन्ट जिन सिक्वेन्सिङ गर्दा निकै संक्रामक रहेको पाइएको छ । बि–१.६१७.२ लाई डब्लुएचओले १० मे मा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा राखेको छ ।










५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया