नेपालमा देखिएको कोरोनाको नाम ‘डेल्टा’ र ‘कप्पा’

काठमाडौँ । गत वर्षदेखि विश्वभर फैलिएको कोरोना (कोभिड–१९)को विभिन्न भेरियन्ट देखा परेको छ । जसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) विभिन्न नाम दिँदै आएको छ । यस क्रममा नेपालमा देखिएको कोरोना भाइरसको नाम ‘डेल्टा’ रहेको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले भेरियन्ट अफ कन्सर्नभित्र परेका भेरियन्टलाई ग्रिक अल्फाबेटको आधारमा नाम दिँदै आएको छ । डब्लुएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (बि १.६१७.२)लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमा नै देखिएको कोरोना अर्को भेरियन्टलाई (बी–१.६१७.१)लाई ‘कप्पा’ नाम दिइएको छ ।
नेपालमा पनि पछिल्लो समयमा पुष्टि भएका बि–१.६१७.२ र बि १.६१७.१ भेरियन्टलाई भारतीय भेरियन्ट भन्न थालिएपछि भारतले आपति जनाएको थियो । तर, भारतमा देखिएको यस भेरियन्ट नै नेपालमा देखिएको छ ।
यो भेरियन्ट जिन सिक्वेन्सिङ गर्दा निकै संक्रामक रहेको पाइएको छ । बि–१.६१७.२ लाई डब्लुएचओले १० मे मा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा राखेको छ ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया